२०८३, १० आश्विन आईतबार

जबराको पक्राउमा एमाले महासचिव पोखरेलको आपत्ति

जबराको पक्राउमा एमाले महासचिव पोखरेलको आपत्ति


काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाराजगञ्जस्थित निवासबाट मध्यराति पक्राउ गरिएको घटनाप्रति नेकपा एमालेका महासचिव शंकर पोखरेलले आपत्ति जनाएका छन्।

पोखरेलले जबराको पक्राउ संविधान, लोकतान्त्रिक व्यवस्था र विधिको शासनको मर्मविपरीत भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले कानुनी आधार र प्रक्रियामाथि प्रश्न उठाउँदै गलत तथा स्वेच्छाचारी कार्यको समर्थन गर्नु तानाशाही प्रवृत्तिलाई प्रश्रय दिनु भएको टिप्पणी गरेका छन्।

जबरालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। तर प्रहरीले उनलाई कुन कसुरमा पक्राउ गरिएको हो भन्ने विस्तृत विवरण अझै सार्वजनिक गरेको छैन। पोखरेलले यस्ता गतिविधिविरुद्ध सबैलाई खबरदारी गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८३, १० आश्विन आईतबार  ११ : ०९ बजे

सोह्र श्राद्धमा पितृको सम्मान र श्रद्धा अनिवार्य छ : संस्कृतिविद् भट्टराई

काठमाडौं । सनातन तथा वैदिक परम्परामा पितृको सम्मान र स्मरणलाई

अविरल वर्षाले मलंगवा डुबानमा, जनजीवन प्रभावित

सर्लाही । रातिदेखि परेको अविरल वर्षाका कारण सर्लाही सदरमुकाम मलंगवा

बेलायतमा पीआरको बाटो संकटमा : ५ वर्षे नियम हटाएर १० वर्ष पुर्‍याउने तयारी

लन्डन । बेलायतमा स्थायी बसोबास अनुमति (ILR) पाउने अवधि ५

कालीगण्डकी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे, सबै सुरक्षित

पर्वत । कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा पर्वतको जलजला

जबराको पक्राउमा एमाले महासचिव पोखरेलको आपत्ति

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाराजगञ्जस्थित निवासबाट मध्यराति पक्राउ गरिएको