२०८३, ६ कार्तिक शुक्रबार

एन्फा निर्वाचनमा अनियमितता, आरोप प्रमाणित गर्न चुनौती

एन्फा निर्वाचनमा अनियमितता, आरोप प्रमाणित गर्न चुनौती


काठमाडौँ, ८ असोज : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को गत वैशाखमा भएको निर्वाचनमा लाखौँ रकम अनियमितता भएको आरोप लगाइएको छ । एन्फा निर्वाचन भएको करिब पाँच महिनापछि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एन्फाका पूर्वउपाध्यक्ष मणि कुवँरले वर्तमान नेतृत्वले मतदातालाई प्रत्यक्षरुपमा पैसा बाँड्ने काम गरेको, चुनावलगत्तै मतदातालई युरोप भ्रमणमा लगेको, न्यायालयलाई समेत प्रभावित पार्ने काम गरेको आरोप लगाउनुभयो ।

एन्फा निर्वाचन गत वैशाख २२ गते सम्पन्न भएको थियो । कुवँरले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र उपाध्यक्ष पङ्कज नेम्बाङलगायतले निर्वाचन समितिलाई ज्यान मार्ने धम्की दिएको आरोप लगानुभयो । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) का उपाध्यक्ष समेत रहेका कुँवरले आफुले यी सबै आरोपका बारेमा प्रमाणसहित फुटबलको सर्वोच्च निकाय (फिफा) र एशियाली फुटबल महासङ्घ (एएफसी)मा पठाइसकेको र त्यसको जवाफ कुरेको जानकारी दिनुभयो ।

निर्वाचनमा कर्माछिरिङ शेर्पा प्यानल नै भारी मतले विजयी भएको थियो । निर्वाचन विधानविपरीत भएको भन्दै कुँवरले निर्वाचनको एक दिनअघि पत्रकार सम्मेलनको आयोजना गरेर निर्वाचनमा सहभागी नुहने घोषणा गरेका थिए ।

आरोप प्रमाणि गर्न चुनौती दिन्छौँ –प्रवक्ता राई
यसैबीच एन्फा प्रवक्ता किरण राईले लगाएको आरोपको खण्डन गर्दै आरोप प्रमाणित गर्न कुँवरलाई चुनौती दिनुभएको छ । रासससँग संक्षिप्त कुरा गर्दै प्रवक्ता राईले भन्नुभयो, “तत्कालीन अवस्थामा उहाँहरुकै नेतृत्वले निर्वाचन कमिटी गठन गरेको हो, त्यही कमिटीले गरेको निर्वाचनलाई गलत व्यख्या गर्नु ठीक होइन ।”

अदालतको विषयमा बोल्नु अदालतको मानहनी हो भन्दै उहाँले निर्वाचन भएको पाँच महिनापछि निर्वाचित कमिटीमाथि विभिन्न आरोप लगाउनु हार मानसिकताको उपज वाहेक अरु केहि नभएको बताउनुभयो । आरोप प्रमाणत भए सजाय भोग्न तयार रहेको पनि उहाँ स्पष्ट पार्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ८ आश्विन सोमबार  ६ : ५५ बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट