२०८३, ९ आश्विन शनिबार

आयल निगमको अध्यक्षमा रुद्रसिंह तामाङ, ‘नियमित र सहज आपूर्ति सुनिश्चित गर्छु’

आयल निगमको अध्यक्षमा रुद्रसिंह तामाङ, ‘नियमित र सहज आपूर्ति सुनिश्चित गर्छु’


काठमाडौं । नेपाल आयल निगम सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी रुद्रसिंह तामाङले सम्हालेका छन्। उनले २०८३ असोज ८ गतेदेखि निगम सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी ग्रहण गरेका हुन्।

जिम्मेवारी सम्हाल्दै अध्यक्ष तामाङले निगमको नेतृत्वलाई महत्वपूर्ण र संवेदनशील जिम्मेवारीका रूपमा लिएको बताएका छन्। उनले इमानदारी, निष्ठा र उच्च जिम्मेवारीबोधका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। तामाङले देशभर पेट्रोलियम पदार्थको सरल, सहज, नियमित र सुलभ आपूर्ति सुनिश्चित गर्न निरन्तर प्रयत्नशील रहने बताएका छन्।

पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन मुलुकको अर्थतन्त्र, यातायात, उद्योग तथा आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले आपूर्ति प्रणालीलाई प्रभावकारी र व्यवस्थित बनाउनेतर्फ आफ्नो प्राथमिकता रहने उनको भनाइ छ।

निगमको संस्थागत जिम्मेवारीलाई प्रभावकारी रूपमा अघि बढाउँदै उपभोक्ताले सहज रूपमा पेट्रोलियम पदार्थ प्राप्त गर्ने वातावरण निर्माण गर्न आफू प्रतिबद्ध रहेको तामाङले बताएका छन्।

उनले अध्यक्षका रूपमा आफ्नो कार्यकालमा निगमको सेवा प्रवाह, आपूर्ति व्यवस्थापन र संस्थागत जिम्मेवारीलाई प्रभावकारी बनाउनेतर्फ आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति : २०८३, ८ आश्विन शुक्रबार  ३ : ३० बजे

बुडोल साकोसको वित्तीय स्वास्थ्य परीक्षण, ऋणदेखि तरलता र पूँजीकोषसम्म नियामकको निगरानी

काभ्रे । बचत तथा ऋण सहकारीको वित्तीय कारोबारमाथि नियामकीय निगरानी

इरानको अमेरिकालाई कडा सर्त : सम्झौता कार्यान्वयन भए ७ दिनमै होर्मुज स्ट्रेट खुल्ने

काठमाडौं । इरानले अमेरिकासमक्ष नयाँ प्रस्ताव राख्दै आवश्यक सर्तहरू पूरा

संयुक्त राष्ट्रसंघको महासभा सकेर प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र

नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले आयोजक जापानसामु १५०

‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक

काठमाडौं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा