२०८३, ९ आश्विन शनिबार

भोलेन्टियर फोर्सको नेतृत्वबाट एमाले केन्द्रीय कमिटीमा पुगे पुष्पराज श्रेष्ठ

भोलेन्टियर फोर्सको नेतृत्वबाट एमाले केन्द्रीय कमिटीमा पुगे पुष्पराज श्रेष्ठ


काठमाडौं। नेशनल भोलेन्टियर फोर्सका अध्यक्ष पुष्पराज श्रेष्ठ नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यमा मनोनित भएका छन्।

एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकले श्रेष्ठलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो। लामो समयदेखि सामाजिक अभियान, स्वयंसेवी परिचालन तथा पार्टीका विभिन्न गतिविधिमा सक्रिय श्रेष्ठलाई एमालेले केन्द्रीय सदस्यको जिम्मेवारी दिएको हो।

श्रेष्ठको नेतृत्वमा नेशनल भोलेन्टियर फोर्सले विभिन्न सामाजिक तथा विपद् व्यवस्थापनका अभियानमा स्वयंसेवक परिचालन गर्दै आएको छ। बाढी, पहिरो तथा अन्य विपद्का समयमा राहत र उद्धारमा स्वयंसेवक परिचालन गर्नुका साथै पार्टी नेतृत्वको सुरक्षामा समेत फोर्सले सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।

केन्द्रीय सदस्यमा मनोनित भएसँगै श्रेष्ठले एमालेको केन्द्रीय तहमा राजनीतिक तथा संगठन निर्माणको अभियानमा भूमिका निर्वाह गर्ने भएका छन्। विशेषगरी युवालाई संगठनसँग जोड्ने, स्वयंसेवी शक्तिलाई संगठित गर्ने र युवाको नेतृत्व विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

श्रेष्ठको मनोनीतले नेशनल भोलेन्टियर फोर्समा आबद्ध कार्यकर्तामा उत्साह थपिएको छ। फोर्सका कार्यकर्ताले श्रेष्ठको नयाँ जिम्मेवारीलाई स्वयंसेवी अभियानमा सक्रिय युवाको राजनीतिक भूमिकालाई थप विस्तार गर्ने अवसरका रूपमा लिएका छन्।

एमालेको संगठन निर्माण र युवा परिचालनको अभियानमा श्रेष्ठको नयाँ जिम्मेवारीले नेशनल भोलेन्टियर फोर्स र पार्टी संगठनबीचको समन्वयलाई समेत थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३, ८ आश्विन शुक्रबार  १ : ४४ बजे

बुडोल साकोसको वित्तीय स्वास्थ्य परीक्षण, ऋणदेखि तरलता र पूँजीकोषसम्म नियामकको निगरानी

काभ्रे । बचत तथा ऋण सहकारीको वित्तीय कारोबारमाथि नियामकीय निगरानी

इरानको अमेरिकालाई कडा सर्त : सम्झौता कार्यान्वयन भए ७ दिनमै होर्मुज स्ट्रेट खुल्ने

काठमाडौं । इरानले अमेरिकासमक्ष नयाँ प्रस्ताव राख्दै आवश्यक सर्तहरू पूरा

संयुक्त राष्ट्रसंघको महासभा सकेर प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र

नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले आयोजक जापानसामु १५०

‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक

काठमाडौं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा