२०८३, ८ आश्विन शुक्रबार

पहिरोका कारण बीपी राजमार्ग बन्द

पहिरोका कारण बीपी राजमार्ग बन्द


रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । 

वर्षाका कारण सडकमा लेदो तथा पहिरो खसेपछि राजमार्गको यातायात आवागमन प्रभावित भएको हो । सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधनलाई आवत-जावतमा कठिनाइ भएको छ ।

यसैबिच, काभ्रे जिल्लास्थित रोशी खोला पनौती जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरी निरन्तर बढ्दो क्रममा रहेको जनाइएको छ ।

जलसतह बढिरहेको अवस्थालाई मध्यनजर गर्दै तल्लो कटान तथा डुबान हुन सक्ने क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । प्रहरीले सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक सावधानी अपनाउन समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८३, ८ आश्विन शुक्रबार  १० : ०६ बजे

इन्द्रजात्रामा सबै समुदायको सहभागिता हुन्छ, त्यसैले यो विशेष छ : डा.माधव भट्टराई

काठमाडौं । काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा वर्षा र सहकालका देवता

कोशी ब्यारेजमा पानीको बहाव १ लाख ९० हजार क्युसेक नाघ्यो, २४ ढोका खुला

काठमाडौं । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार वर्षा भएपछि

पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी

पृथ्वी राजमार्गको धादिङ खण्डमा सात ठाउँमा पहिरो, दुई स्थानमा सडक पूर्ण अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङ खण्डका विभिन्न

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १९६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १९६ वटा सवारीसाधनका