२०८३, ७ आश्विन बिहीबार

अनेरास्ववियुका पूर्व उपाध्यक्षद्वयले मारे एमाले केन्द्रमा छलाङ, धर्म गिरी र नारायण घर्ती मनोनीत

अनेरास्ववियुका पूर्व उपाध्यक्षद्वयले मारे एमाले केन्द्रमा छलाङ, धर्म गिरी र नारायण घर्ती मनोनीत


काठमाडौं । विद्यार्थी आन्दोलनबाट राजनीतिक नेतृत्वमा स्थापित अनेरास्ववियुका पूर्व उपाध्यक्षद्वय धर्म गिरी र नारायण घर्ती नेकपा (एमाले)को केन्द्रीय सदस्यमा मनोनीत भएका छन्।

एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकले गिरी र घर्तीसहित विभिन्न क्षेत्रका नेताहरूलाई केन्द्रीय कमिटीमा मनोनीत गरेको हो। गिरी प्यूठान र घर्ती जाजरकोटबाट केन्द्रीय कमिटीमा आएका हुन्। अनेरास्ववियुको संगठन निर्माण र विद्यार्थी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका दुवै नेता अब पार्टीको केन्द्रीय नेतृत्वमा पुगेका छन्। उनीहरूको मनोनीतलाई विद्यार्थी राजनीतिबाट मूल पार्टीको कमिटीमा जिम्मेवारी हस्तान्तरणको रूपमा समेत हेरिएको छ।

एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकले ११औँ महाधिवेशनपछि मनोनयन हुन बाँकी केन्द्रीय सदस्यहरू चयन गरेको हो। बैठकले सात जनालाई स्थायी कमिटी सदस्यमा समेत मनोनीत गरेको छ। गिरी र घर्तीको केन्द्रीय कमिटीमा प्रवेशसँगै अनेरास्ववियुको विद्यार्थी राजनीतिबाट पार्टीको मूल नेतृत्वमा पुगेका नेताहरूको उपस्थिति थप भएको छ।

प्रकाशित मिति : २०८३, ७ आश्विन बिहीबार  ११ : १२ बजे

अनेरास्ववियुका पूर्व उपाध्यक्षद्वयले मारे एमाले केन्द्रमा छलाङ, धर्म गिरी र नारायण घर्ती मनोनीत

काठमाडौं । विद्यार्थी आन्दोलनबाट राजनीतिक नेतृत्वमा स्थापित अनेरास्ववियुका पूर्व उपाध्यक्षद्वय

मख्यमन्त्री किरण थापाद्धारा बाढी प्रभावित नुवाकोटवासीका पुर्नस्थापना जग्गाको निरीक्षण

नुवाकोट, ८ असोज ः भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले

प्राडा शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि, मन्त्री पोखरेलले ओढाए राष्ट्रिय झण्डा

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति तथा शिक्षाविद् प्राडा