२०८३, ७ आश्विन बिहीबार

एमाले सचिवालयले टुंग्यायो स्थायी कमिटी र केन्द्रीय सदस्यको नाम, ओलीको प्रतिवेदनमा ‘एकताको भाव’ देखेको निष्कर्ष

एमाले सचिवालयले टुंग्यायो स्थायी कमिटी र केन्द्रीय सदस्यको नाम, ओलीको प्रतिवेदनमा ‘एकताको भाव’ देखेको निष्कर्ष


काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनले पार्टीभित्र एकताको भाव पैदा गरेको निष्कर्ष निकालेको छ।

च्यासलमा बसेको सचिवालय बैठकले अध्यक्ष ओलीको प्रतिवेदनलाई एकरूपताका साथ अध्ययन गरी पार्टीको तल्लो तहसम्म सम्प्रेषण गर्ने विषयमा छलफल गरेको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव लेखराज भट्टले अध्यक्षको प्रतिवेदनलाई पार्टीको तल्लो तहसम्म पुर्‍याउने विषयलाई बैठकले प्राथमिकता दिएको बताए। उनका अनुसार प्रतिवेदनलाई एउटै दृष्टिकोणबाट बुझ्ने, अध्ययन गर्ने र त्यसको सन्देश संगठनको तल्लो तहसम्म पुर्‍याउने विषयमा छलफल भएको छ। बैठकले केन्द्रीय कमिटीमा मनोनीत हुने सदस्यहरू तथा स्थायी कमिटीमा रहने नेताहरूको नामसमेत टुंगो लगाएको भट्टले जानकारी दिए। यद्यपि नाम भने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत भएपछि मात्र सार्वजनिक गरिने बताइएको छ।

यससँगै एमालेको पछिल्लो आन्तरिक पुनर्गठन प्रक्रियाले संगठनात्मक स्वरूप लिने देखिएको छ। अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथिको छलफल, त्यसको तल्लो तहसम्म सम्प्रेषण र नयाँ जिम्मेवारी बाँडफाँटलाई पार्टी नेतृत्वले आगामी संगठनात्मक दिशासँग जोडेर अघि बढाएको छ।

प्रकाशित मिति : २०८३, ७ आश्विन बिहीबार  ३ : १७ बजे

पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेता हुने, केन्द्रीय कमिटीबाट अनुमोदन हुँदै

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको वरिष्ठ नेता हुने

ईश्वर पोखरेल र प्रदीप ज्ञवालीसहित ७ नेता एमाले स्थायी कमिटीमा मनोनीत

काठमाडौं । नेकपा एमालेले पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित सात जना

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गर्न

यी हुन् एमाले केन्द्रीय कमिटीमा मनोनित नेताहरु (सूचीसहित)

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनयन

एमाले केन्द्रीय कमिटी बैठकको चौथो दिन पनि जारी

ललितपुर । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज चौथो दिन