२०८३, ८ आश्विन शुक्रबार

भन्सार अधिकृतले सुरक्षा अधिकारीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग

भन्सार अधिकृतले सुरक्षा अधिकारीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले भन्सार अधिकृतले सशस्त्र प्रहरीका अधिकारीलाई धम्कीपूर्ण भाषा प्रयोग गरेको भनिएको अडियो प्रकरणको तत्काल निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेकी छन्।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले हालै सार्वजनिक भएको उक्त अडियोप्रति सरकार र सदनको गम्भीर ध्यानाकर्षण गराएकी हुन्।

उनले भनिन्, ‘कञ्चनपुरका भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकलाई भन्सारमा गाडी नियन्त्रणमा लिएको भनी अत्यन्तै तल्लो स्तरको, धम्कीपूर्ण भाषा प्रयोग गर्दै थर्काएको विषय बाहिर आएको छ।’

सांसद संग्रौलाका अनुसार ती कर्मचारीले आफ्ना विभागीय महानिर्देशक, सशस्त्र प्रहरीका महानिरीक्षक र गृहमन्त्रीलाई समेत धम्कीपूर्ण भाषा प्रयोग गरेको विषय सार्वजनिक भएको छ।

उनले प्रश्न गरिन्, ‘ती कर्मचारीले आफ्ना विभागीय महानिर्देशक, सशस्त्र प्रहरीका महानिरीक्षक र स्वयं गृहमन्त्रीलाई समेत ‘स्वाट्टै हान्छु’ भन्दै कानुन, मर्यादा र चेन अफ कमान्डको धज्जी उडाएका छन्।’

‘स्वाट्टै हान्छु’ भन्ने अभिव्यक्तिको आशयबारे समेत छानबिन हुनुपर्ने बताउँदै उनले भनिन्, “यो ‘स्वाट्टै हान्छु’ भनेको के हो? फोन हान्छु भनेको हो कि? तिमीलाई भेटेर हान्छु भनेको हो कि? अथवा तिम्रो पद खान्छु भनेको हो?’

सीमा क्षेत्रमा राजस्व चुहावट नियन्त्रणका लागि खटिएका सुरक्षा अधिकारीलाई भन्सार अधिकृतबाटै गैरजिम्मेवार र धम्कीपूर्ण भाषा प्रयोग हुनु गम्भीर विषय भएको उनले बताइन्।

उनले भनिन्, ‘आफ्नो जिम्मेवारी र सीमाभित्र रहेर राजस्व चुहावट नियन्त्रण गर्न खोज्ने सुरक्षा निकायका अधिकारीलाई सीमा क्षेत्रका भन्सार अधिकृतले नै यसरी गैरजिम्मेवार र धम्कीपूर्ण भाषा प्रयोग गर्नु गम्भीर चिन्ताको विषय हो।’

प्रकाशित मिति : २०८३, ७ आश्विन बिहीबार  १२ : ११ बजे

एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ

काठमाडौं । खोलाको पानीको बहाव बढेपछि गृहमन्त्री सुधन गुरुङले ललितपुरको

आयल निगमको अध्यक्षमा रुद्रसिंह तामाङ, ‘नियमित र सहज आपूर्ति सुनिश्चित गर्छु’

काठमाडौं । नेपाल आयल निगम सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी रुद्रसिंह

सोल्टी होटलमा व्यवस्थापनविरुद्ध तीन युनियन उत्रिए, ‘एकतर्फी सरुवा फिर्ता गर’

काठमाडौं । राजधानीको प्रतिष्ठित द सोल्टी होटलमा कर्मचारी सरुवाको विषयलाई

सी चिनफिङको सम्मानमा ह्वाइट हाउसमा स्वागत भोज, दुवै राष्ट्राध्यक्षले गरे सम्बोधन

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

वर्षाले काठमाडौंमा तरकारी आपूर्ति ८५ प्रतिशत घट्यो, भाउ आकाशियो

काठमाडौं । लगातारको वर्षा र बाढीपहिरोका कारण काठमाडौं उपत्यकामा तरकारीको