काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३९६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५३, सिसिटिभिमार्फत ४३, रातोबत्तीमा २१ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा १९, हर्न निषेधमा ६, लेन क्रसमा ८, अवस्था ठिक नभएको ३, एकतर्फीमा ३ र अन्यमा २४० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।







प्रतिक्रिया