२०८३, ८ कार्तिक आईतबार

सांसद बन्न मरिहत्ते, ओलीलाई घेराबन्दी गर्न वामदेव कार्ड

सांसद बन्न मरिहत्ते, ओलीलाई घेराबन्दी गर्न वामदेव कार्ड


काठमाडौं, असोज ८: गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट पराजित भएपछि नेकपाका नेता (तत्कालीन एमालेका उपाध्यक्ष) वामदेव गौतम उपनिर्वाचनमार्फत संसद्मा जान लागिपरेका छन्। ०७० को निर्वाचनमा जन्मथलो प्यूठानबाट उम्मेदवार बनेका उनी ठूलो मतान्तरले विजयी बनेका थिए।

तर बर्दियामा तत्कालीन एमाले र माओवादी गठबन्धनको मत कांग्रेसको भन्दा धेरे हुँदा पनि उनले निर्वाचनमा सफलता प्राप्त गर्न सकेनन्। उनी कांग्रेसका उम्मेदवार सञ्जय गौतमसँग पराजित बनेका थिए। गौतमले यसअघि ०५६ र ०६४ मा पनि निर्वाचनमा हार व्योहोरेका थिए।

निर्वाचन हारेयता गौतमले पुनः सांसद बन्नका लागि झन्डै एक दर्जन प्रयास गरेका छन्। तर उनका प्रयास भने निरन्तर असफल हुँदै गइरहेका छन् । निर्वाचनमा पराजय भोगेपछि गौतमले सुरुमा बर्दिया २ कै माओवादी केन्द्रका सांसद सन्तकुमार थारूलाई राजीनामा गराएर संसद बन्ने प्रयास गरेका थिए।त्यसका लागि उनले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई साथ लिएर बर्दिया २ मा सांसद बन्ने प्रयास गरेका थिए।

सांसद थारू उनलाई पद छोड्न तयार नभएपछि त्यो प्रयास असफल भएको थियो। त्यसपछि उनले दाहालकै सहयोगमा पूर्वी रुकुममा कमला रोकालाई राजीनामा गराएर सांसद बन्न खोजेका थिए तर उनको त्यो प्रयास पनि असफल भयो।

ओलीलाई घेराबन्दी गर्न वामदेव कार्ड
वामदेवले निर्वाचन हारेपछि उनलाई संसद्मा ल्याउन पार्टी अध्यक्ष पुष्पकमल दाहालले भूमिका खेलिरहेको नेकपा (पूर्व एमाले) का एक नेता दाबी गर्छन्। दाहालले अर्का अध्यक्ष ओलीसँगको आफ्नो बार्गेनिङ बलियो बनाउन सांसद बनाउन लागिपरेको ती नेता बताउँछन्।

‘अहिले अध्यक्ष दाहालको भूमिका सेरोमोनियल मात्र हो, उहाँ आफ्नो भूमिका बढाउन चाहनुहुन्छ, त्यसका लागि वामदेवलाई कार्डका रूपमा प्रयोग गर्न सांसद बनाउन लागिरहनुभएको छ,’ ती नेताले भने। ओलीलाई घेराबन्दी गर्ने रणनीतिअनुसार दाहालले गौतमलाई अघि सारेको ती नेताको दाबी छ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रकाशित मिति : २०७५, ८ आश्विन सोमबार  ८ : १४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना