काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन आज मंगलबार उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन्। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ (असोज ८) मा महासभाको उच्चस्तरीय ‘जनरल डिबेट’लाई सम्बोधन गर्ने कार्यक्रम छ।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नेछन्। उनको भ्रमण जलवायु परिवर्तन, जलवायु न्याय तथा भोटेकोशी बाढीबाट भएको क्षतिलगायत विषयमा नेपालको धारणा अन्तर्राष्ट्रिय मञ्चमा राख्नेमा केन्द्रित रहने जनाइएको छ।
प्रधानमन्त्री शाहसँग परराष्ट्रमन्त्री शिशिर खनाल, प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत सहभागी हुनेछन्। प्रधानमन्त्री शाह सेप्टेम्बर २६ (असोज १०) मा स्वदेश फर्कने कार्यक्रम छ।
यो प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण हो।







प्रतिक्रिया