२०८३, २ आश्विन शनिबार

च्यासलबाट ओलीको हुंकार : ‘१० वटा महाभारत लडेर आएको हुँ, यत्तिकै ढल्दिनँ’

च्यासलबाट ओलीको हुंकार : ‘१० वटा महाभारत लडेर आएको हुँ, यत्तिकै ढल्दिनँ’


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउने प्रयास भइरहेको दाबी गर्दै आफू र एमाले यस्ता दबाबबाट नढल्ने बताएका छन्।

संविधान दिवसका अवसरमा शनिबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा ओलीले आफ्नो राजनीतिक यात्रामा अनेक संघर्ष पार गरेको उल्लेख गर्दै अहिलेको चुनौती पनि सामना गर्ने बताए।

‘केपी ओली मैदानमा छ,’ ओलीले भने, ‘अमरसिंह थापा मेरै उमेरमा युद्धको मैदानमा थिए। मैले त तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ।’

महाभारतको प्रसङ्ग जोड्दै ओलीले आफू जटिल परिस्थितिमा पनि पछि हट्ने अवस्थामा नरहेको संकेत गरे। उनले आफू एमालेमा छ दशकदेखि रहेको भन्दै पार्टीमाथि चारैतिरबाट हमला भइरहेको र नयाँ पार्टी बन्ने हल्ला फैलाइएको बताए।

अध्यक्ष र महासचिवसमेत बाँडफाँट भइसकेको भन्ने समाचारलाई ओलीले अस्वीकार गरे। उनका अनुसार असोज ६ र ७ गते बस्ने केन्द्रीय समिति बैठकले पार्टी एकता र आगामी कामको संकल्पसहित स्पष्ट सन्देश दिनेछ।

‘पार्टीको एकता र गर्नुपर्ने कामको संकल्पसहित असोज ६ र ७ गतेको केन्द्रीय समिति बैठकबाट बाहिर निस्कनेछौँ, सबै हल्लाहरू खण्डन हुनेछ,’ ओलीले भने।

पार्टी विभाजन गराउन खोज्नेहरूको प्रयास सफल नहुने दाबी गर्दै ओलीले कुन्ती मुक्तानको गीतसमेत उद्धृत गरे।

‘एमाले आफ्नो बाटो हिँड्छ, खुट्टा तान्दै गर। म यत्तिकै यहाँ आइपुगेको होइन,’ उनले भने।

प्रकाशित मिति : २०८३, २ आश्विन शनिबार  १२ : ४६ बजे

संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउन राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले नागरिक स्वतन्त्रता, कानुनी शासन,

टुँडिखेलमा संविधान दिवसको विशेष समारोह

काठमाडौं । संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह

गगनको ओली-प्रचण्डलाई जवाफ : ‘रास्वपालाई अलग गर्न मिल्दैन’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका नाममा राजनीतिक

संविधानको सफलता नागरिकले अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा मगर

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संविधानको सफलता

संविधान दिवसमा इनरुवामा देखियो उत्सव

इनरुवा । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शनिबार सुनसरी