२०८३, ३० भाद्र बुधबार

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा


काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सीलाई आगामी मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीमा समावेश गरिएको छ । उनलाई घरेलु मैदानमा समर्थकमाझ अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिने अवसर मिल्ने भएको छ ।

अर्जेन्टिनाको फुटबल संघ (एएफए) का अनुसार अर्जेन्टिनाले सेप्टेम्बर ३० मा बोलिभिया, अक्टोबर ३ मा बुर्किना फासो र अक्टोबर ६ मा बेनिनसँग मैत्रीपूर्ण खेल खेल्नेछ । यीमध्ये अक्टोबर ६ को खेलमा मेस्सी, रोड्रिगो डे पाउल र जियोभानी लो सेल्सो सहभागी हुनेछन् ।

सन् २००५ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका मेस्सी अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेल्ने र गोल गर्ने खेलाडी हुन् । उनले टोलीका लागि २०३ खेलमा २०३ गोल गरेका छन् ।

मेस्सीले अर्जेन्टिनालाई सन् २०२१ कोपा अमेरिका, २०२२ विश्वकप र २०२४ कोपा अमेरिका जिताउन नेतृत्व गरेका थिए । कतार विश्वकपको फाइनलमा उनले फ्रान्सविरुद्ध दुई गोल गरेका थिए ।

सन् २००६ देखि २०२६ सम्मका ६ विश्वकप खेलेका मेस्सीले विश्वकपमा ३४ खेलबाट २१ गोल गरेका छन् । २०२६ को विश्वकपमा उनले आठ गोल र चार असिस्ट गरेका थिए । ३९ वर्षीय मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट अलग भए पनि क्लब फुटबललाई निरन्तरता दिनेछन् । उनी अमेरिकी क्लब इन्टर मियामीबाट खेलिरहेका छन् । एएनआई

प्रकाशित मिति : २०८३, ३० भाद्र बुधबार  ४ : १५ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला