काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउन चेतावनी दिएको छ।
प्रतिनिधिसभाको बैठकमा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले ठूलो विपद्को सामना सरकार एक्लैले गर्न नसक्ने बताइन्। ‘यो विपत्तिको बेलामा एक्लै काफी छु भन्ने घमन्ड नगर्नुस्,’ अर्यालले भनिन्, ‘देश र जनताको माया तपाईँलाई बढी र हामीलाई कम भन्ने हुन सक्दैन।’
सरकारले कामै नगरेको भन्न खोजिएको नभई अझ बढी र प्रभावकारी काम गर्न सकिने अवस्था रहेको उनको भनाइ थियो। अर्यालले विपद्का बेला सरकारले आवश्यक छलफल र समन्वय नगर्दा क्षति बढेको आरोप लगाइन्। ठूलो विपद् आए आवश्यक परे अन्य मुलुकसँग समेत सहयोग लिन सरकार हिचकिचाउन नहुने उनले बताइन्। उनले विपद् व्यवस्थापनमा सबै पक्षसँग समन्वय र सहकार्य गरेर अघि बढ्न सरकारलाई आग्रह गरिन्







प्रतिक्रिया