२०८३, ६ कार्तिक शुक्रबार

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम


प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने र सचिवमा रविन कार्की

युरोप । प्रवासी नेपाली मञ्च, युरोप महादेश कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले शालिक थपलियाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ।

अधिवेशनबाट उपाध्यक्षमा विनोद न्यौपाने, सचिवमा रविन कार्की, उपसचिवमा गोविन्द सापकोटा र राजेश्वरी थापा चयन हुनुभएको छ। त्यस्तै, सदस्यहरूमा तिलक भट्टराई, केशवराज पाण्डे, ईश्वर देवकोटा, सुनिल रानाभाट, तुलसीनाथ सुवेदी र शान्ति अर्याल चयन हुनुभएको छ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको नामावली प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिव तथा संगठन विभाग प्रमुख चानक पोखरेलले जानकारी दिनुभएको हो। प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै युरोपमा प्रवासी नेपाली मञ्चको संगठनात्मक गतिविधिलाई थप प्रभावकारी र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। नयाँ नेतृत्वले युरोपमा रहेका नेपाली समुदायका सवाल, हक–अधिकार तथा सामाजिक सरोकारका विषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने विश्वास गरिएको छ।

अधिवेशनबाट निर्वाचित अध्यक्ष शालिक थपलियासहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

प्रकाशित मिति : २०८३, २१ भाद्र सोमबार  २ : १० बजे

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट

क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीकाे सुनकाेसीमा आमा–छोरीको मृत्यु

रामेछाप। सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आपघारीस्थित क्रसर उद्योगका लागि प्रयोग गरिएको