२०८३, २० भाद्र आईतबार

राप्रपामा धक्का : महामन्त्री शरदराज पाठकले छाडे पार्टी

राप्रपामा धक्का : महामन्त्री शरदराज पाठकले छाडे पार्टी


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीको सबै जिम्मेवारी त्याग्दै राप्रपाबाट अलग भएको घोषणा गरेका छन्।

पाठकले आइतबार एक विज्ञप्ति जारी गर्दै महामन्त्रीसहित पार्टीमा आफूले सम्हाल्दै आएका सम्पूर्ण जिम्मेवारीबाट आजकै मितिदेखि अलग भएको जानकारी दिएका हुन्।

पार्टीभित्र लामो समयदेखि देखिँदै आएको आन्तरिक असमझदारी र गुटगत संघर्षप्रति असन्तुष्टि जनाउँदै उनले यस्तो निर्णय लिएको बताएका छन्। नेतृत्व तहमा व्यक्तिगत स्वार्थ केन्द्रित गतिविधि बढ्दै गएको र त्यसले पार्टीको घोषित राजनीतिक मूल्य तथा उद्देश्यसँग मेल खान नसकेको उनको आरोप छ।

पाठकले राप्रपाले भ्रष्टाचारविरुद्ध कडा धारणा सार्वजनिक गर्दै आए पनि व्यवहारमा पारदर्शिता र प्रतिबद्धताको पर्याप्त अनुभूति हुन नसकेको बताएका छन्। पार्टीभित्रको यही अवस्थाका कारण आफूजस्ता नयाँ पुस्ताका नेता तथा युवाहरूले परिवर्तन ल्याउन सक्ने सम्भावना कमजोर देखिएको उनको भनाइ छ।

यद्यपि उनले पार्टीको तल्लो तहमा रहेका नेता तथा कार्यकर्ताको निष्ठा र राजनीतिक प्रतिबद्धताको भने प्रशंसा गरेका छन्। उनीहरूको योगदान प्रेरणादायी रहेको पाठकले उल्लेख गरेका छन्।

पाठक यसअघि रविन्द्र मिश्रसँगै विवेकशील साझा पार्टीबाट राप्रपामा प्रवेश गरेका थिए। विवेकशील साझा हुँदै राप्रपाको नेतृत्व तहमा पुगेका पाठकको बहिर्गमनलाई पार्टीभित्रको पछिल्लो राजनीतिक घटनाक्रममा महत्वपूर्ण रूपमा हेरिएको छ।

उनको राजीनामासँगै राप्रपाको नेतृत्व र संगठनभित्रको आन्तरिक विवाद तथा नयाँ पुस्ताका नेताहरूको असन्तुष्टिबारे पुनः बहस सुरु हुने देखिएको छ।

प्रकाशित मिति : २०८३, २० भाद्र आईतबार  ७ : ०७ बजे

निर्माण व्यवसायी संघ काभ्रेको नयाँ नेतृत्व चयन, अध्यक्षमा अकुर प्रसाद गौतम

काभ्रे । निर्माण व्यवसायी संघ, काभ्रेको १५औँ साधारण सभा तथा

राप्रपामा धक्का : महामन्त्री शरदराज पाठकले छाडे पार्टी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीको

कांग्रेसमा फेरि बढ्यो विवाद : ‘महाधिवेशन अघि बढे पार्टी फुट्न सक्छ’ भन्दै रमेश लेखकको चेतावनी

कञ्चनपुर । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान हुनुको साटो झन्

बाढी उद्धारमा आईजीपी कार्कीको निर्देशन : ‘कुनै कसर बाँकी नराख्नु’

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा

भोटेकोशी बाढी : ११औँ दिनसम्म ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र

काठमाडौं । भोटेकोशी बाढी आएको ११औँ दिनसम्म जलविद्युत् आयोजनाका सुरुङ