२०८३, १६ भाद्र बुधबार

अब खाली आकाशमुनि बस्नु पर्दैन :मन्त्री राई

अब खाली आकाशमुनि बस्नु पर्दैन :मन्त्री राई


टीकापुर, ७ असोज : शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले अब कोही पनि नेपाली खाली आकाशमुनि बस्नुपर्ने अवस्था नरहने बताउनुभएको छ । टीकापुर सभाहलको आज टीकापुरमा उद्घाटन गर्दै मन्त्री राईले सङ्घीय सरकारले आवाससम्बन्धी विधेयक पास गरी सकेकाले चाँडै स्थानीय तहमार्फत लागत सङ्कलन गरी आवासविहीनलाई वासको व्यवस्था गर्ने जानकारी दिनुभयो ।

उहाँले स्थानीय सरकार आइसकेकाले शहरी विकास ऐन नआउँदासम्म नगर विकास समितिको जिम्मा स्थानीय तहलाई दिइने बताउनुभयो । टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले सभाहलले टीकापुरमा सभा समारोह सञ्चालन गर्न सहज हुने बताउनुभयो ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय कैलालीको रु पाँच करोड १४ लाखको लागतमा निर्माण भएको सभाहलको क्षमता ४५० जना अट्ने रहेको टीकापुर नगर विकास समितिका सदस्य सचिव सुरेशकुमार वाग्लेले जानकारी दिनुभयो । टीकापुरमा बनेको यो पहिलो सभा हल हो ।
-रासस

प्रकाशित मिति : २०७५, ७ आश्विन आईतबार  ६ : ५० बजे

भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थान चुनौतीपूर्ण, होटलदेखि पदमार्गसम्म प्रभावित

काठमाडौं । भोटेकोशी बाढीका कारण सिन्धुपाल्चोक, रसुवा लगायतका क्षेत्रमा पर्यटन

रास्वपा सभापति रवि लामिछाने र चिनियाँ राजदूतबीच भेट, भोटेकोशी विपद्मा सहयोग जारी राख्ने प्रतिबद्धता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

प्रिमियर लिगकै कीर्तिमानी १२५ मिलियन पाउन्डमा एन्जो फर्नान्डेज म्यानचेस्टर सिटीमा

काठमाडौं । अर्जेन्टिनाका स्टार मिडफिल्डर एन्जो फर्नान्डेज प्रिमियर लिगकै कीर्तिमानी

ग्लोबल आइएमई बैंकले शेयरधनीलाई १० प्रतिशत लाभांश दिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय