२०८२, २३ माघ शुक्रबार

कांग्रेसको झण्डा बोक्दै नाराजुलुसमा शिक्षक

कांग्रेसको झण्डा बोक्दै नाराजुलुसमा शिक्षक


राजविराज : नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयबाट आइतबार निस्केको जुलुसमा जिल्लाका दर्जन भन्दा बढी शिक्षक पनि सहभागी भएका छन् ।उनीहरु पढाउन छाडेरै पार्टीले आह्वान गरेको आन्दोलनमा आएका हुन् । निर्मला पन्तको हत्यारालाई दण्डित गर्न माग गर्दै उनीहरु नेपाली कांग्रेसको झण्डा सहित जुलुसमा सहभागी थिए ।कांग्रेसको भ्रात्रृ संगठन नेपाल शिक्षक संघ र ट्रेड युनियनको नेतृत्वमा उनीहरुले गृहमन्त्रीको राजीनामा समेत माग गरेका थिए ।

कांग्रेसनिकट शिक्षक संघ र नेपाल ट्रेड युनियन संघ सप्तरीले निर्देशन गरेकाले जुलुसमा सहभागी हुन आएको राष्ट्रिय प्रावि राजविराज ८ का प्रधानाध्यापक रिता पाण्डेले बताइन् ।जुलुसमा प्रअ पाण्डेसहित सोही विद्यालयका शिक्षक रन्जना यादव, राप्रावि रन्जितपुरकी शिक्षक जन्जिरादेवी यादव, जनता आधारभुत विद्यालयका शिक्षक मनोज मण्डललगायत एक दर्जन बढी शिक्षक आएका हुन् ।

उनीहरु अधिकांशले कांग्रेसको झण्डा बोकेरै नाराजुलुस गर्दै हत्यारालाई कारवाही गर्न र गृहमन्त्रीको राजिनामा माग्दै नारा लगाएका थिए ।सप्तरी कांग्रेस सभापति दिनेश यादवको नेतृत्वमा निक्लिएको जुलुसमा २ नम्बर प्रदेशका सांसद गीतादेवी यादव, शम्भुनाथ नगरपालिका उपप्रमुख कविता सरदार, विष्णुपुर गाउँपालिका अध्यक्ष लिलाम्बर यादव, उपाध्यक्ष जन्जिरा यादव, राजगढ गाउँपालिका अध्यक्ष परमानन्द यादवसँगै विभिन्न जनवर्गीय संगठनका पदाधिकारी थिए।

प्रकाशित मिति : २०७५, ७ आश्विन आईतबार  ६ : २२ बजे

निर्वाचन आयोगको दाबी: अब ढुक्कसँग निर्वाचन हुन्छ, बिथोल्न कसैले सक्दैन

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचन

सिन्धुलीका बुद्धिजिविहरू उभिए, एमाले उमेदवार मनोज जंग थापाको पक्षमा

सिन्धुली: निर्वाचन नजिकिंदै जाँदा एमाले उमेदवार मनोज जंग थापाले सिन्धुलीका

काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ

काठमाडौं । इटालीमा रोजगारीका लागि पठाइदिने प्रलोभन देखाई बंगलादेशी नागरिकहरूलाई

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी

सिन्धुली: हरिहरपुरगढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय