२०८३, ४ भाद्र शुक्रबार

शंखमुलको होस्टलमा युवकको हत्या, एक जना पक्राउ

शंखमुलको होस्टलमा युवकको हत्या, एक जना पक्राउ


काठमाडौँ । काठमाडौंको शंखमुलस्थित एक होस्टलमा धारिलो हतियार प्रहारबाट २२ वर्षीय युवकको मृत्यु भएको छ।

दाङको घोराही उपमहानगरपालिका–१७ घर भई शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा बस्दै आएका बसन्त कालाथोकीमाथि सोही होस्टलमा बस्ने दुई युवाले कुटपिटसँगै धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ। घटनामा बाराको कलैया उपमहानगरपालिका–३ घर भएका १८ वर्षीय शेखर यादव र करिब २० वर्षीय प्रमित पटेल संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

आक्रमणबाट टाउको र घाँटीमा गम्भीर चोट लागेका कालाथोकीलाई तत्काल उपचारका लागि मिनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा शेखर यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। अर्का आरोपी प्रमित पटेल भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३, ४ भाद्र शुक्रबार  ३ : ४१ बजे

नाडा शो अघि नै काठमाडौंमा ‘अभतार ०७’ को तहल्का

काठमाडौं । नाडा अटो शो को पर्दा खुल्न अझै केही

गाडी किन्ने सपना देख्नेका लागि कृषि विकास बैंकको आकर्षक अटो लोन, ७ वर्षसम्मको सुविधा

काठमाडौं । आफ्नै सवारीसाधन खरिद गर्ने योजना बनाइरहेका ग्राहकलाई लक्षित

शंखमुलको होस्टलमा युवकको हत्या, एक जना पक्राउ

काठमाडौँ । काठमाडौंको शंखमुलस्थित एक होस्टलमा धारिलो हतियार प्रहारबाट २२

महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, कांग्रेसभित्र विवाद चर्कियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर पार्टीभित्र देखिएको