काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको आन्तरिक संरचनालाई थप सक्रिय बनाउँदै विभिन्न विभागको नेतृत्व टुंगो लगाएको छ।
शुक्रबार बसेको केन्द्रीय समिति बैठकले प्रमोद न्यौपानेलाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिएको छ। त्यस्तै लिमा अधिकारीलाई अर्थ विभाग प्रमुखमा मनोनीत गरिएको छ। बैठकले जगदीश खरेललाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएको छ। खरेलसँगै विजय जैरु, डा. तोसिमा कार्की, निशा डाँगी र शिशिर खनाललाई पनि फरक–फरक विभागको नेतृत्व दिइएको छ।
जैरुलाई सार्वजनिक सेवा तथा जनगुनासो विभाग, डा. तोसिमा कार्कीलाई जनस्वास्थ्य विभाग, निशा डाँगीलाई पूर्वाधार विभाग तथा शिशिर खनाललाई अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभागको प्रमुख बनाइएको हो। पार्टीका विभागहरूलाई थप क्रियाशील बनाउने र संगठनात्मक कामलाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले जिम्मेवारी बाँडफाँट गरिएको रास्वपाले जनाएको छ।
नयाँ जिम्मेवारी पाएका नेताहरूले सम्बन्धित विभागमार्फत पार्टीका नीति, कार्यक्रम तथा संगठन विस्तारका कामलाई अघि बढाउनेछन्।






प्रतिक्रिया