२०८३, १९ आश्विन मंगलबार

३५ वर्षपछि बंगलादेशमा प्रतिस्पर्धात्मक राष्ट्रपति चुनाव, बीएनपी नेता आलमगीर विजयी

३५ वर्षपछि बंगलादेशमा प्रतिस्पर्धात्मक राष्ट्रपति चुनाव, बीएनपी नेता आलमगीर विजयी


काठमाडौं । बंगलादेशमा लामो समयपछि प्रतिस्पर्धात्मक राष्ट्रपति निर्वाचन भएको छ। सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगीर देशको २३औँ राष्ट्रपति निर्वाचित भएका छन्।

संसद्मा भएको मतदानमा आलमगीरले २५५ मत प्राप्त गरे। उनका एकमात्र प्रतिद्वन्द्वी तथा लिबरल डेमोक्रेटिक पार्टीका अध्यक्ष अवकाशप्राप्त कर्णेल ओली अहमदले ८८ मत पाए। कुल ३४९ सांसद मतदानका लागि योग्य रहेकामा ३४३ जनाले मतदान गरेका थिए। यो निर्वाचन सन् १९९१ पछि बंगलादेशमा भएको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रपति निर्वाचन हो। त्यसयता राष्ट्रपतिको निर्वाचन अधिकांश समय सहमति वा निर्विरोध हुँदै आएको थियो।

७८ वर्षीय आलमगीर बीएनपीका लामो समयदेखि प्रभावशाली नेता हुन्। शेख हसिनाको नेतृत्वमा रहेको अवामी लिग सरकारविरुद्धको लामो राजनीतिक संघर्षमा उनी बीएनपीको प्रमुख अनुहारका रूपमा रहँदै आएका थिए। २०२४ को विद्यार्थी आन्दोलनपछि हसिना सत्ताच्युत भई भारत पुगेकी थिइन्। त्यसपछि भएको राजनीतिक परिवर्तनसँगै बीएनपी सन् २०२६ को निर्वाचनबाट सत्तामा फर्किएको हो। आलमगीरले शुक्रबार राष्ट्रपति पदको शपथ लिने कार्यक्रम रहेको छ। पूर्वराष्ट्रपति मोहम्मद शहाबुद्दिनले स्वास्थ्य समस्याका कारण पदबाट राजीनामा दिएपछि राष्ट्रपति पद रिक्त भएको थियो।

बंगलादेशको संसदीय व्यवस्थामा राष्ट्रपति पद मुख्यतः औपचारिक भए पनि राष्ट्रपति संवैधानिक रूपमा राष्ट्रप्रमुख तथा सशस्त्र सेनाका सर्वोच्च कमान्डर हुन्। पछिल्लो राजनीतिक संक्रमणका बीच आलमगीरको राष्ट्रपतिमा चयनलाई बंगलादेशको बदलिँदो शक्ति समीकरणको महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८३, ४ भाद्र शुक्रबार  ९ : १८ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि