२०८३, ३ भाद्र बिहीबार

बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त


हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर नियुक्त भएका छन् । नेकपा र राप्रपाको समर्थनमा प्रदेश प्रमुखले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

सरकार गठनमा सहभागी हुने विषयलाई लिएर राप्रपाभित्र विवाद चर्किएकै बेला बागमतीमा नयाँ सरकार गठन भएको हो । राप्रपाको कार्यसम्पादन समिति बैठकले पार्टीको निर्णयविपरीत सरकार गठन प्रक्रियामा सहभागी भएको भन्दै संसदीय दलका नेता उद्धव थापालाई पदबाट हटाउने र पार्टीको साधारण सदस्यबाट समेत निलम्बन गर्ने निर्णय गरेको छ ।

केन्द्रको निर्देशनविपरीत उद्धव थापाको नेतृत्वमा बागमती सरकारमा राप्रपाबाट तीन जना मन्त्री सहभागी हुने भएका छन् । उनीहरूको आजै शपथ ग्रहणको तयारी भइरहेको छ । राप्रपाभित्रै विवादका बीच गठन भएको नयाँ सरकारले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ ।

वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म : किरण थापाको राजनीतिक यात्राको अर्को परीक्षा

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर नियुक्त भएका छन्। नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा प्रदेश प्रमुखले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

बागमतीको नयाँ मुख्यमन्त्रीका रूपमा थापाले बिहीबार साँझ ४ बजे पद तथा गोपनीयताको शपथ लिने तयारी छ। स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका थापाका लागि मुख्यमन्त्रीको जिम्मेवारी भने राजनीतिक र प्रशासनिक दुवै दृष्टिले नयाँ परीक्षा हुनेछ। वडाध्यक्ष हुँदै प्रदेशसभा सदस्य, स्वास्थ्य मन्त्री र अहिले मुख्यमन्त्रीसम्मको उनको यात्रा सामाजिक सेवा र राजनीतिलाई सँगसँगै अघि बढाउँदै आएको यात्राका रूपमा देखिन्छ।

वडाध्यक्षबाट सुरु भएको यात्रा

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलका वडाध्यक्षका रूपमा जनप्रतिनिधिको यात्रा सुरु गरेका थापा सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका छन्।

केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण समितिमा सचिव, उपाध्यक्ष हुँदै कार्यवाहक अध्यक्षसम्मको जिम्मेवारी सम्हालेका उनले मन्दिरको भौतिक पूर्वाधार विकास, धार्मिक महत्त्वको प्रचार तथा संरक्षणमा योगदान पुर्‍याएको बताइन्छ।

नेपाल रेडक्रस सोसाइटीमा समेत लामो समय सक्रिय रहेका थापा सिपाडोल उपशाखाको तीन कार्यकाल सभापति तथा भक्तपुर शाखाको दुई कार्यकाल उपसभापति बनेका थिए। रोटरी, खेलकुद, युवा तथा विभिन्न सामाजिक संस्थामार्फत पनि उनले आफ्नो सक्रियता निरन्तरता दिएका छन्।

भूकम्पदेखि कोरोना महामारीसम्म सक्रियता

२०७२ सालको भूकम्प होस् वा कोरोना महामारी, थापाको सामाजिक सक्रियता स्थानीय तहमा देखिएको थियो।

कोरोना महामारीका क्रममा निःशुल्क पीसीआर परीक्षण, स्वास्थ्य सामग्री तथा अक्सिजन व्यवस्थापन, संक्रमितलाई अस्पताल पुर्‍याउनेदेखि शव व्यवस्थापनसम्मका काममा उनी सक्रिय रहेको विवरणमा उल्लेख छ।

काठमाडौं उपत्यकाबाट पैदल घर फर्किरहेका नागरिकका लागि जगाती क्षेत्रमा खाना तथा पानीको व्यवस्था गर्नुका साथै यातायातको प्रबन्धमा समेत उनले भूमिका खेलेका थिए।

विदेशबाट फर्किएका नेपालीका लागि जगातीस्थित भातेढिकुरमा १०० शय्याको होल्डिङ सेन्टर सञ्चालनमा समेत उनको नेतृत्वदायी भूमिका रहेको बताइन्छ।

परिकल्पनाबाट बनेको सूर्यविनायक नगर अस्पताल

कोरोना महामारीका क्रममा स्थानीय नागरिकले स्वास्थ्य परीक्षण र उपचारका लागि समस्या भोगेपछि सूर्यविनायक नगर अस्पतालको अवधारणा अघि बढेको थियो।

जगाती क्षेत्रमा अस्पताल निर्माण गर्ने योजनामा थापाको अग्रसरता रहेको बताइन्छ। संघीय सरकार र स्थानीय तहको सहयोगमा २५ शय्याको अस्पताल निर्माण सम्पन्न भई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गरिएको थियो।

स्वास्थ्य मन्त्री बनेपछि पनि थापाले उक्त अस्पतालको सेवा विस्तारमा चासो दिएका थिए। ट्रमा सेन्टरका रूपमा विकास, शय्या विस्तार तथा आवश्यक उपकरण व्यवस्थापनका लागि बजेट विनियोजनमा समेत उनको भूमिका रहेको बताइएको छ।

स्वास्थ्य मन्त्रीका रूपमा दुई कार्यकाल

२०७९ मंसिर ४ को निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ (क) बाट प्रदेशसभा सदस्य निर्वाचित भएपछि थापा बागमती प्रदेश सरकारमा स्वास्थ्य मन्त्री बने।

स्वास्थ्य मन्त्रीका रूपमा उनको पहिलो निर्णय विपन्न परिवारका क्यान्सरपीडितलाई उपचारका लागि एक लाख रुपैयाँसम्म सहुलियत दिने थियो।

त्यसपछि उनले प्रदेशका १३ वटै जिल्लामा स्वास्थ्य सेवा विस्तार, नसर्ने रोग न्यूनीकरण, स्वास्थ्य संस्था दर्ता तथा नवीकरण, अस्पतालको क्षमता विस्तार र स्वास्थ्य पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको विवरणमा उल्लेख छ।

‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ अभियान, ‘एक जिल्ला एक स्वस्थ सहर’ अभियान, डिजिटल स्वास्थ्य प्रणाली, टेलिमेडिसिन तथा अस्पतालमा विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली लागू गर्ने काम पनि उनको कार्यकालका प्रमुख पहलका रूपमा प्रस्तुत गरिएको छ।

स्वास्थ्य संस्थामा डिजिटल प्रणाली

लामो समयदेखि रोकिएको स्वास्थ्य संस्था दर्ता तथा नवीकरण प्रक्रियालाई विद्युतीय प्रणालीमार्फत सञ्चालन गर्ने पहल पनि थापाको कार्यकालमा अघि बढेको बताइएको छ।

स्वास्थ्य सेवा ऐन संशोधन, स्वास्थ्य सेवा नियमावली तथा स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड जारी गर्नसमेत उनको भूमिका रहेको उल्लेख छ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्धित कानुनी तथा शैक्षिक समस्याको समाधान, चिकित्सा शिक्षाका कार्यक्रम विस्तार तथा प्रादेशिक अस्पतालको क्षमता अभिवृद्धिमा पनि उनले काम गरेको विवरणमा उल्लेख छ।

जिल्ला अस्पतालदेखि प्रविधियुक्त स्वास्थ्य सेवासम्म

थापाको कार्यकालमा जिल्ला अस्पतालहरूमा सिटी स्क्यान, एमआरआई लगायतका अत्याधुनिक स्वास्थ्य सेवा विस्तार गर्ने योजना अघि बढाइएको थियो।

भक्तपुर अस्पताल र ख्वप अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउनुका साथै एमआरआई सेवाका लागि बजेट व्यवस्थापन गरिएको बताइएको छ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको सेवा विस्तार, चितवनमा आयुर्वेदिक औषधि उत्पादन तथा निःशुल्क वितरण, प्रादेशिक अस्पतालमा डिजिटल स्वास्थ्य प्रणाली र दूर चिकित्सा सेवा विस्तारलाई समेत उनले प्राथमिकता दिएका थिए।

अब स्वास्थ्य मन्त्रालय होइन, सिंगो बागमतीको जिम्मेवारी

स्वास्थ्य मन्त्रीका रूपमा एउटा मन्त्रालय सञ्चालन गर्नु र मुख्यमन्त्रीका रूपमा सिंगो प्रदेश सरकारको नेतृत्व गर्नु फरक जिम्मेवारी हो।

अब थापाको अगाडि स्वास्थ्यसँगै शिक्षा, कृषि, उद्योग, पर्यटन, पूर्वाधार, रोजगारी, वातावरण, सुशासन तथा प्रदेश र स्थानीय तहबीचको समन्वय जस्ता विषय छन्।

त्यसमाथि उनको सरकारलाई लामो समय काम गर्ने अवसर नहुन सक्ने राजनीतिक परिस्थिति छ। आगामी प्रदेशसभा निर्वाचनअघि नै आफ्नो कार्यक्षमता प्रमाणित गर्नुपर्ने दबाब उनीमाथि रहनेछ।

प्रदेश संरचनाको औचित्यमाथि प्रश्न उठिरहेका बेला थापाका लागि मुख्यमन्त्री पद केवल सत्ता सञ्चालनको जिम्मेवारी मात्र होइन, प्रदेश सरकारले जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउन सक्छ भन्ने प्रमाणित गर्ने अवसरसमेत हो।

सामाजिक सेवा हुँदै स्थानीय जनप्रतिनिधि, प्रदेशसभा सदस्य र स्वास्थ्य मन्त्रीको जिम्मेवारी पूरा गरेका थापाको राजनीतिक यात्राले अब नयाँ मोड लिएको छ। स्वास्थ्य क्षेत्रमा आफूलाई प्रमाणित गरेको दाबी गर्दै आएका थापाका लागि अब भने सम्पूर्ण बागमती प्रदेश सञ्चालन गर्ने क्षमताको परीक्षा सुरु भएको छ।

प्रकाशित मिति : २०८३, ३ भाद्र बिहीबार  ४ : ५६ बजे

पासपोर्ट प्रकरणमा प्रधानमन्त्रीसँग छलफल भएको अख्तियार प्रमुखको खुलासा

काठमाडौं । पासपोर्ट ठेक्का विवादमा अभियोजन अघि बढाउनुअघि प्रधानमन्त्रीसँग छलफल

बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर

दुई तिहाइको अंकले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

गरिमा हत्या प्रकरणमा आक्रोश चुलियो, सिमरा प्रहरी कार्यालय घेराउदेखि सडक बन्दसम्म

बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती