२०८३, १ भाद्र मंगलबार

बागमतीमा एमालेको नयाँ समीकरण, थपलिया दलनेता नै रहने–किरण थापा मुख्यमन्त्री

बागमतीमा एमालेको नयाँ समीकरण, थपलिया दलनेता नै रहने–किरण थापा मुख्यमन्त्री


हेटौँडा । नेकपा एमालेले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनको बाटो खुला गर्दै आन्तरिक विवाद समाधान गरेको छ। प्रदेश संसदीय दलको मंगलबार बसेको बैठकले किरण थापालाई मुख्यमन्त्रीका रूपमा अघि बढाउने सहमति गरेको हो।

मुख्यमन्त्री परिवर्तनको सहमति भए पनि जगन्नाथ थपलियालाई भने एमाले बागमती प्रदेश संसदीय दलको नेताबाट हटाइएको छैन। पार्टीभित्रको विवाद व्यवस्थापन गर्दै थपलियालाई दलको नेतामा निरन्तरता दिने र थापालाई सरकारको नेतृत्वमा पठाउने समझदारी बनेको हो।

पार्टी केन्द्रीय सचिव महेश बस्नेत र राजन भट्टराईसहितका नेताहरूको पहलमा भएको छलफलपछि यस्तो सहमति जुटेको प्रदेश सांसद केशव पोखरेलले जानकारी दिए।

यसअघि थपलियालाई संसदीय दलको नेताबाट हटाउन एमालेका १६ प्रदेशसभा सदस्यले साउन २७ गते अविश्वास प्रस्ताव दर्ता गरेका थिए। उनीहरूले थापालाई दलको नेता बनाउनुपर्ने माग अघि सारेका थिए।

पार्टी नेतृत्वले दुवै पक्षलाई मिलाउने प्रयास गरेपछि संसदीय दलको नेतृत्व यथावत् राख्दै मुख्यमन्त्री परिवर्तन गर्ने विकल्पमा सहमति भएको हो।

सहमति कार्यान्वयनका लागि प्रदेश संसदीय दलको बैठकबाट थापालाई मुख्यमन्त्रीका रूपमा औपचारिक रूपमा अघि सारिनेछ। यससँगै बागमती एमालेमा केही समयदेखि देखिएको नेतृत्व विवाद तत्कालका लागि समाधान भएको छ।

प्रकाशित मिति : २०८३, १ भाद्र मंगलबार  ८ : २० बजे

तीन दिनदेखि हराइरहेकी तीन वर्षीया बालिका छिमेकीको घरमा मृत फेला

बारा । जितपुरसिमरा उपमहानगरपालिकामा तीन दिनदेखि बेपत्ता रहेकी तीन वर्षीया

कांग्रेस महाधिवेशनको नयाँ तालिका सार्वजनिक, भदौ २४ बाट अधिवेशन सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तल्ला तहका अधिवेशनको संशोधित

बागमतीमा एमालेको नयाँ समीकरण, थपलिया दलनेता नै रहने–किरण थापा मुख्यमन्त्री

हेटौँडा । नेकपा एमालेले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनको बाटो

स्मार्ट टेलिकम प्रकरणमा मुद्दा परे पनि बैंकका सीईओ-सञ्चालक पदमै रहने

काठमाडौं । स्मार्ट टेलिकमको धितो बिक्री प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा

रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाखको खेल, पूर्वअध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक