२०८३, १९ आश्विन मंगलबार

रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाखको खेल, पूर्वअध्यक्षसहित पाँच जना पक्राउ

रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाखको खेल, पूर्वअध्यक्षसहित पाँच जना पक्राउ


काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक अनियमितता भेटिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले संस्थाका पूर्वअध्यक्षसहित पाँच जनालाई पक्राउ गरेको छ।

भक्तपुरमा रेडक्रसको गोदामघर निर्माणका लागि जग्गा खरिद गर्दा प्रक्रिया मिचेर बिचौलियालाई प्रयोग गरिएको र खरिद गरिएको जग्गाको वास्तविक क्षेत्रफलसमेत कागजातमा उल्लेख भएभन्दा कम रहेको अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ। २०७३ सालमा भक्तपुर नगरपालिका–४ (क) मा ५ रोपनी १३ आना ३ पैसा जग्गा खरिद गर्ने सम्झौता भएको थियो। त्यसका लागि रेडक्रसले ६ करोड ३२ लाख ८१ हजार २५० रुपैयाँ भुक्तानी गरेको थियो। तर अनुसन्धानका क्रममा बोलपत्रको प्रावधानविपरीत बिचौलियामार्फत जग्गा खरिद गरिएको र त्यसक्रममा १ करोड ९३ लाख ७५० रुपैयाँ बिचौलियाले लिएको खुलेको छ।

त्यसैगरी नापी कार्यालय भक्तपुरबाट गरिएको नापजाँचमा कागजातमा देखाइएको क्षेत्रफलभन्दा कम जग्गा फेला परेको छ। कागजातमा ५ रोपनी १३ आना ३ पैसा उल्लेख भए पनि वास्तविक क्षेत्रफल ५ रोपनी ६ आना २ पैसा १ दाम मात्रै रहेको सीआईबीले जनाएको छ। सीआईबीले रेडक्रसका पदाधिकारी तथा कर्मचारीले आफ्नो जिम्मेवारी र पदको दुरुपयोग गरी संस्थालाई आर्थिक क्षति पुर्‍याएको आरोपमा अनुसन्धान अघि बढाएको हो।

पक्राउ पर्नेमा पूर्वअध्यक्ष सञ्जिव थापासहित राजेश देशमरु, उमेशप्रसाद ढकाल, मदनकृष्ण फोजु र इन्द्रबहादुर केसी छन्। उनीहरूलाई भक्तपुर जिल्ला अदालतको अनुमति लिएर पक्राउ गरिएको हो। पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले बताए।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट प्राप्त प्रतिवेदनका आधारमा सीआईबीले जग्गा खरिद प्रकरणको अनुसन्धान अघि बढाएको हो।

प्रकाशित मिति : २०८३, १ भाद्र मंगलबार  ७ : ३३ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि