२०८३, १ भाद्र मंगलबार

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित


बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत पाएका छन्। सोमबार भएको मतदानमा आचार्यको पक्षमा ४५ सांसद उभिँदा विपक्षमा २६ मत परेको हो।

विश्वासको मतसम्बन्धी प्रस्तावमाथि भएको मतदानपछि सभामुख तुलाराम घर्तीमगरले आचार्यले प्रदेशसभाको बहुमत प्राप्त गरेको घोषणा गरेका छन्। आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालका सांसदले समर्थन गरेका थिए। त्यसविपरीत नेपाली कांग्रेस र जनमत पार्टीका सांसदले विपक्षमा मतदान गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने मतदानमा सहभागी भए पनि पक्ष वा विपक्षमा मत नदिई तटस्थ बसेको छ। प्रदेशसभाबाट विश्वासको मत पाएसँगै आचार्य नेतृत्वको सरकारलाई निरन्तरता दिने बाटो खुलेको छ। मतदानको परिणामसँगै तत्कालका लागि लुम्बिनी प्रदेशमा सरकार परिवर्तनको सम्भावना टरेको छ।

बहुमत जुटाउन सफल भएसँगै मुख्यमन्त्री आचार्यको राजनीतिक हैसियत थप बलियो भएको छ भने लुम्बिनीको सत्ता समीकरण पनि केही समयका लागि स्थिर हुने देखिएको छ।

प्रकाशित मिति : २०८३, ३१ श्रावण सोमबार  ४ : ४० बजे

कांग्रेस महाधिवेशनको नयाँ तालिका सार्वजनिक, भदौ २४ बाट अधिवेशन सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तल्ला तहका अधिवेशनको संशोधित

बागमतीमा एमालेको नयाँ समीकरण, थपलिया दलनेता नै रहने–किरण थापा मुख्यमन्त्री

हेटौँडा । नेकपा एमालेले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनको बाटो

स्मार्ट टेलिकम प्रकरणमा मुद्दा परे पनि बैंकका सीईओ-सञ्चालक पदमै रहने

काठमाडौं । स्मार्ट टेलिकमको धितो बिक्री प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा

रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाखको खेल, पूर्वअध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक