कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–१ कट्टिपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत आज बिहान भएको दुर्घटनामा बर्दगोरिया गाउँपालिका–४ की ६२ वर्षीया सावित्रीदेवी सापकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ख ३६९५ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लु.प्र.०१०१० प ००४५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी सापकोटालाई तत्काल दोदोधरा अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले ट्रक र चालक पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१६ डण्डाका २६ वर्षीय दिनेश गिरीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया