२०८३, १९ आश्विन मंगलबार

विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी विमानस्थलबाट नियन्त्रणमा

विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी विमानस्थलबाट नियन्त्रणमा


काठमाडौं । नेपाल वायुसेवा निगमका दुई कर्मचारीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित नियन्त्रणमा लिएको छ।

आइतबार काठमाडौं विमानस्थलबाट मलेसियाको राजधानी क्वालालम्पुर जान लागेका उनीहरूलाई प्रहरीले निर्धारित सीमाभन्दा बढी विदेशी मुद्रा बोकेको अवस्थामा नियन्त्रणमा लिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी राजकुमार सिलवालले निगमका दुई कर्मचारी नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्।

प्रहरीका अनुसार यात्रुले ५ हजार अमेरिकी डलरसम्म विदेशी मुद्रा लैजान पाउने व्यवस्था रहे पनि उनीहरूसँग उक्त सीमाभन्दा बढी रकम भेटिएको थियो।

‘५ हजार डलरसम्म ल्याउन पाइने हो, लिमिटभन्दा बढी रकम देखिएकाले उहाँहरूलाई पक्राउ गरेका छौं,’ एसपी सिलवालले भने।

नियन्त्रणमा लिइएका दुवै कर्मचारीको परिचय प्रहरीले सार्वजनिक गरेको छैन। उनीहरूमाथि थप सोधपुछ तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गर्ने जनाएको छ।

प्रकाशित मिति : २०८३, ३१ श्रावण सोमबार  ११ : ५१ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि