२०८३, ३१ श्रावण सोमबार

भारतीय प्रधानसेनापति सेठलाई आज नेपाली सेनाको मानार्थ महारथी दर्जा

भारतीय प्रधानसेनापति सेठलाई आज नेपाली सेनाको मानार्थ महारथी दर्जा


काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदैछ।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजना हुने विशेष समारोहमा जनरल सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ।

नेपाल र भारतबीच एकअर्का देशका प्रधानसेनापतिलाई मानार्थ सेनापतिको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ।

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा जनरल सेठ आइतबार नेपाल आएका हुन्।

नेपाल भ्रमणका क्रममा आजै प्रधानसेनापति सिग्देल र भारतीय सेनाध्यक्ष सेठबीच द्विपक्षीय औपचारिक छलफलसमेत हुनेछ। भेटवार्तामा दुई देशका सेनाबीचको सहकार्य र आपसी सम्बन्धका विषयमा छलफल हुने बताइएको छ।

जनरल सेठ बुधबार नेपाल भ्रमण सम्पन्न गरी भारत फर्कने कार्यक्रम छ।

प्रकाशित मिति : २०८३, ३१ श्रावण सोमबार  ९ : ४७ बजे

सुनको मूल्य ३ लाख ६ हजार ८ सय

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको

विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी विमानस्थलबाट नियन्त्रणमा

काठमाडौं । नेपाल वायुसेवा निगमका दुई कर्मचारीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय

कांग्रेसमा लफडा चर्कियो, देउवा पक्षलाई गगनले आज जवाफ दिने

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किएको छ। पूर्वसभापति

जीवन बीमा कम्पनीको नाफा ५ अर्ब ४४ करोड, ८ कम्पनीको बढ्यो

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा जीवन बीमा कम्पनीहरूले कुल

मोरङ कारागारमा ‘रवि शैली’को सिको? छतमा चढेर कैदीबन्दीको शक्ति प्रदर्शन

विराटनगर । प्रहरीको नियमित खानतलासीलाई लिएर मोरङ कारागारका कैदीबन्दीले सोमबार