२०८३, ३१ श्रावण सोमबार

सङ्घीय संसद्का दुवै सदन आज बस्दै, यी छन् कार्यसूची

सङ्घीय संसद्का दुवै सदन आज बस्दै, यी छन् कार्यसूची


काठमाडौँ । सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक १ः१५ बजे सिंहदरबारमा बस्नेछ।

प्रतिनिधिसभा बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची छ। त्यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन्। उनले नै ‘मानव बेचबिखन तथा ओपारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची छ।

परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछन्।यता, राष्ट्रियसभाको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रकाशित मिति : २०८३, ३१ श्रावण सोमबार  ८ : २४ बजे

विकास बैंकमा नाफाको विस्फोट, आठ बैंकले थपे साढे ३ अर्ब

काठमाडौं । विकास बैंकहरूको नाफामा यसपटक सामान्य सुधार होइन, ठूलै

भारतीय प्रधानसेनापति सेठलाई आज नेपाली सेनाको मानार्थ महारथी दर्जा

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई आज नेपाली

लाभांश क्षमतामा एभरेष्टको छुट्टै उचाइ, प्रतिफलको आशा बलियो

काठमाडौं । शेयर बजारमा साउन मसान्त केवल आर्थिक वर्ष सकिएको

लुम्बिनीमा आचार्यको शक्ति परीक्षण, बहुमतका लागि साना दलको साथ निर्णायक

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य आज प्रदेशसभामा आफ्नो

भृकुटीमण्डपमा देखिएको भविष्य : नाइमा एक्स्पोले जगाएको नयाँ मोबिलिटीको उत्साह

भृकुटीमण्डपको विशाल प्रदर्शनीस्थलमा केही दिनदेखि छुट्टै संसार देखिन्थ्यो। बाहिर काठमाडौंको