२०८३, १९ आश्विन मंगलबार

पाँच महिनापछि स्वदेश फर्किए देउवा, विमानस्थलमा बाजागाजासहित भव्य स्वागत

पाँच महिनापछि स्वदेश फर्किए देउवा, विमानस्थलमा बाजागाजासहित भव्य स्वागत


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पाँच महिनापछि स्वदेश फर्किएका छन्।

उपचारका क्रममा लामो समय विदेशमा रहेका देउवा बिहीबार हङकङबाट थाइल्याण्ड हुँदै काठमाडौं आइपुगेका हुन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। देउवालाई विमानस्थलमा कांग्रेसका शीर्ष नेतासहित नेता–कार्यकर्ताले बाजागाजासहित स्वागत गरेका छन्। स्वागत गर्न पूर्वउपसभापति पूर्णबहादुर खड्का, नेता शशांक कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, मोहनबहादुर बस्नेत, मीनबहादुर विश्वकर्मा, जितजंग बस्नेत, कान्तिका सेजुवाल र ईश्वरी न्यौपाने लगायत विमानस्थल पुगेका थिए।

देउवा गत फागुनदेखि उपचारका सिलसिलामा सिंगापुर र हङकङमा रहँदै आएका थिए। स्वास्थ्य उपचार पूरा गरेपछि उनी नेपाल फर्किएका हुन्। देउवा स्वदेश फर्किएसँगै कांग्रेसभित्र पनि उनको आगामी राजनीतिक सक्रियतालाई लिएर चासो बढेको छ। लामो समय विदेशमा रहेका निवर्तमान सभापति देउवाको नेपाल आगमनलाई पार्टीका नेता–कार्यकर्ताले विशेष महत्त्वका साथ लिएका छन्।

यसअघि बूढानीलकण्ठस्थित देउवा निवासमा गत भदौ २४ गते आगजनी भएको थियो। उक्त घटनाका क्रममा देउवा दम्पतीमाथि कुटपिटसमेत भएको थियो। त्यसपछि देउवा परिवारले महाराजगञ्जमा घर भाडामा लिएर बस्दै आएको छ। पाँच महिनापछि स्वदेश फर्किएका देउवा अब पार्टीका नेता–कार्यकर्तासँगको भेटघाट र राजनीतिक गतिविधिमा कसरी सक्रिय हुन्छन् भन्ने विषयलाई चासोका साथ हेरिएको छ।

प्रकाशित मिति : २०८३, २७ श्रावण बिहीबार  १ : ५० बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि