२०८३, २५ श्रावण मंगलबार

बालेनको भारत भ्रमणबारे मोदीको निम्तो खुल्यो, मिति बताउन भारत अझै मौन

बालेनको भारत भ्रमणबारे मोदीको निम्तो खुल्यो, मिति बताउन भारत अझै मौन


काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई लिएर नयाँ दिल्लीले आफ्नो धारणा सार्वजनिक गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बालेनलाई पदभार ग्रहण गरेकै बेला भारत भ्रमणको निम्तो दिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नियमित पत्रकार सम्मेलनमा बालेनको भारत भ्रमणबारे प्रश्न उठेपछि मोदीको निम्तोबारे जानकारी दिएका हुन्। तर भ्रमण कहिले हुन्छ भन्ने प्रश्नमा भने भारतले स्पष्ट जवाफ दिएन। जैसवालले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवसँग भएको भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको बताए। भ्रमणको मिति तय भएको हो कि होइन भन्ने प्रश्नमा उनले आफूलाई जानकारी भएपछि बताउने जवाफ दिए।

पत्रकार सम्मेलनमा नेपालका प्रधानमन्त्रीसँग भारतीय राजदूतको भेट, भारतीय विदेशमन्त्री एस जयशंकरको सम्भावित नेपाल भ्रमण, सुगौली सन्धिको सक्कली प्रति नेपालमा भए/नभएको विषयमा नेपाली परराष्ट्रमन्त्री शिशिर खनालको टिप्पणी तथा ब्रिक्स सम्मेलनमा नेपालका प्रधानमन्त्रीको सहभागिताबारे समेत प्रश्न उठाइएको थियो। तर भारतीय विदेश मन्त्रालयले यी विषयमा ठोस समयतालिका वा स्पष्ट प्रतिबद्धता सार्वजनिक गरेन।

ब्रिक्स सम्मेलनका क्रममा भारतले क्षेत्रीय संगठनका नेताहरूलाई निमन्त्रणा गर्ने तयारी गरिरहेको जैसवालले बताए। उनले विभिन्न क्षेत्रीय गठबन्धनबाट नेताहरूलाई निमन्त्रणा गरिएको र यसबारे थप जानकारी क्रमशः सार्वजनिक गर्ने बताए।

प्रकाशित मिति : २०८३, २५ श्रावण मंगलबार  ७ : ३१ बजे

बालेनको भारत भ्रमणबारे मोदीको निम्तो खुल्यो, मिति बताउन भारत अझै मौन

काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई लिएर नयाँ

भदौ १ देखि म्यानपावर ठप्प पार्ने चेतावनी, सरकारसँग आमनेसामने व्यवसायी

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग सम्बोधन नभए भदौ

नाइमा एक्सपोमा ग्लोबल आइएमईको ‘धमाका’, ५.२५ प्रतिशत ब्याजमै अटो लोन

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ सुरु भएसँगै गाडी

इरानको धम्कीपछि ट्रम्पलाई ट्रकमा लुकाएर विमान फेरियो, यस्तो थियो ‘गोप्य अपरेसन’

काठमाडौं । इरानबाट राष्ट्रपतिको विमानमाथि आक्रमण हुन सक्ने विश्वसनीय खतरा

सपनाका गाडी, नयाँ प्रविधिको संसार : नाइमा एक्स्पोमा झुम्मिए दर्शक

काठमाडौं । भृकुटीमण्डप यतिबेला गाडी प्रेमीहरूको सपनाको संसार बनेको छ।