भक्तपुर, २५ साउन । सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित अनन्तलिङ्गेश्वर महादेव नजिकै रहेको खोलाको किनारामा रहेको अन्नन्त कुण्डमा आजदेखि दिव्य गंगा आरती सुरु भएको छ । श्री अनन्तलिङ्गेश्वर महादेव दिव्य गंगा आरती व्यवस्थापन समितिले आजबाट सुरु गरेको दिव्य गंगा आरतीको आज साँझ नेकपा एमालेका सचिव महेश बस्नेतले उद्घाटन गर्नुभयो । हरेक महिनाको अन्तिम सोमबार अन्नन्त कुण्डमा नियमित रूपमा दिव्य गंगा आरती सञ्चालन हुने गरि आजबाट सुरु भएको गंगा आरतीमा स्थानीय सयौको भव्य सहभागिता रहेको थियो ।
कार्यक्रममा नेता महेश बस्नेतले स्थानीय राजकुमार बस्नेतको नेतृत्वमा सुरु भएको दिव्य गंगा आरतीमा अरबिन्द गुरुसंगै वडा नं. ४ का वडाध्यक्ष र वडा नं. ७ को वडा अध्यक्षको मुख्य भूमिका रहेको बताउनुभयो । उहाँले मानिसको पद अस्थायी रहन्छ, त्यो आज छ, भोली हुदैन, भन्दै मानिसको योगदान भने सधै स्थायी रहने बताउनुभयो ।

उहाँले मन्दिरको स्थापनाको चर्चा गर्दै भन्नुभयो, “अनन्तलिङ्गेश्वर महादेव मन्दिरको शिलापत्रमा उल्लेख भए अनुसार यो मन्दिर १३०० वर्ष पुरानो हो, कोलम्बसले अमेरिका १४९२ मो पत्ता लगाए, त्यसलाई हेर्ने हो भने अमेरिका पत्ता लागेकोे करिब ५३२ वर्ष भयो तर यो मन्दिर १३०० अगाडि मन्दिर हो, त्यसबेला यो ठाउँमा एउटा हंसपुर भन्ने बस्ती थियो, त्यहाँ ठूलो प्रलय पछि सबै ध्वस्त भयो, तर त्यसैको एउटा प्रतिकको रुपमा रहेको र अनन्तलिङ्गेश्वर एउटा गुरुको रुपमा स्थापित भएको पाईएको छ ।”
मन्दिरमा जान आउँन बाटो र पुल नहुँदा स्थानीयले निकै सास्ती भाग्नु परेको स्मरण गर्दै उहाँले आफू मन्त्री र सासद भए पछि सांसद कोष, संघ र प्रदेशको बजेट ल्याएर अनन्तलिङ्गेश्वर आउने बाटो र पुल बनाएको, यहाँ आउने सबै बाटो पिच भएको, पुल बनेको बताउनुभयो । यहाँका बासिन्दाले झोलुड्गे पुल हेर्न रहर गरेपछि र नयाँ पुस्तालाई झोलुङगे पुल पनि चाहिन्छ भने पछि राजकुमार बस्नेतलगायतको जग्गा लिएर बाटो बनाएर २७ लाखको बजेटमा झेलुड्गे पुल बनाएको बताउनुभयो ।
मानिसको योगदान र ईतिहास कहिले नमेटिने बताउँदै उहाँले भन्नुभये, “महेश बस्नेतले उद्घाटन भएको भनेर लेखिएको झोलुङेगे पुलको शिलापत्रमा महेश बस्नेत भन्ने नाममा चाँही ढुङगाले हानेर मेट्ने काम भएको छ, भूकम्पले भत्किएको मन्दिर पुर्ननिर्माण गर्न केपी ओली प्रधानमन्त्री र आनन्द पोखरेल पर्यटन मन्त्री हुँदा एक करोड ६५ लाखको बजेट ल्यायौं, मन्दिर अगाडिको शिलापत्रमा पनि महेश बस्नेतको नाममा ढुड्गाले हानेर पोतिएको छ, अहिले त गर्नेको नाम किच्चाउने जमाना हो यो, गर्नेहरुलाई भगाउने जमाना हो यो र गर्नेहरुलाई हराउने जमाना हो यो तर पनि ईतिहास मेटाएर मेटिन्न ।”

रातोपाटीबाट लाकुरी भञ्याडसम्म फुट ट्रायल बनाउने हाम्रो कन्सेप्ट ल्याएर संघ र प्रदेशबाट बजेट ल्यएर बनायौं, देवी स्थान बनाइयो, गणेश मन्दिर बनायौ, महादेव मन्दिरमा सामुदायिक भवन बनायौ, त्यहाँ ब्रतबन्ध र विवाह गर्न सहज भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रहरीको अस्थायी चौकी भवन बनाउने भनेर मैले सांसद कोषबाट ल्याएको बजेट र पछि नगरपालिकाबाट थपेर बनाएको हो, कतिपयले स्वीमङ पुल अलपत्र पर्यो भने, भ्यू टावरको बिरोध गरे, त्यो भ्यू टावर होईन, मल्टिकम्लेक्स बिल्डिङ हो, त्यहाँ यहाँ उत्पादन भएको बिभिन्न उपहारका सामानहरु बिक्री गर्ने थलो बनाउने उदेश्य पनि हो । त्यहाँ पनि महेश बस्नेतको नाम भएका कारण शिलापत्र उखालेर फाल्ने काम भएको छ ।”
आफू अहिले पदमा नभए पनि जनताको भावना, हौस्ला र जाँगरलाई बुझेर का मगर्ने बताउदै अब बन्ने वागमति प्रदेश सरकारमा एमालेको नेतृत्वमा गठन हुन सके यहाँको सबै विकासले पूर्णता पाउने बताउनुभयो ।

नेता महेश बस्नेतले भन्नुभयो, “प्रदेश सरकार बनाउने प्रक्रियामा छौ, तपाईको भाग्यले साथ दियो र किरण थापा मुख्य मन्त्री बन्नु भयो भने यहाँको स्वीमिड पुल, भ्यू टावर, मल्टिकम्प्लेक्स, अचकल्टा सबै कामहरु पुरा हुनेछन्, अपूरो सडक पुरा गर्ने काम, स्वीमिङ पुल पूर्णता दिने काम, भ्यू टावरलाई मल्टिकम्लेक्सका रुपमा बिकास गर्ने काम र बाँकी तमाम काम पुरा हुनेछ ।”
चुनाबमा आफूले हालेको मतले पछि आफैलाई नपोलोस भन्दै उहाँले भन्नुभयो, “मतदान गोप्य हुन्छ, भोट हाल्न पनि पाईन्छ, नहाल्न पनि पाईन्छ, तर आफूले हालको मतले आफैलाई नपोलोस्, छातीमा हात राखेर सबैले यो कुरा मनन् गरौ ।”
कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एवं नगरपालिका सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटाले हाम्रो सनातन धर्ममा नदि केवल पानीको प्रवाह मात्र होडन जीवन, आस्था, पवित्रता र सभ्यताको आथार हो भनेर जललाई देवस्वरूप मानी पूजा गर्ने हाम्रो प्राचीन परम्परालाई निरन्तरता दिएको बताउनुभयो ।
उहाँले महादेव खोलाको पवित्र तटमा आरम्भ भएको अनन्त गंगा आरतीले हाम्रो धार्मिक तथा सांस्कृतिक सम्पदालाई अझ जीवन्त बनाउने विश्वास लिएको बताउदै उहाँले लिच्छविकालीन इतिहास बोकेको अनन्तलिङ्Þगेश्वर महादेवको चरणमा बग्ने यस पवित्र खोलाको तटमा दीप प्रज्वलित गर्दैं गरिने आरती केवल धार्मिक अनुष्ठान मात्र नभई भगवान शिवप्रतिको श्रद्धा, प्रकृतिप्रतिको सम्मान, जल संरक्षणप्रतिको चेतना र हाम्रो मौलिक संस्कृतको सरक्षणको र्पावंत्र संकल्प भएको चर्चा गर्नुभयो ।
अध्यक्ष सापकोटाले भन्नुभयो, “आरतीको प्रत्येक दीपले अन्धकार हटाएर ज्ञान. शान्ति र सदुभावको ज्योति फैलाओस, आरतीको प्रत्येक मन्त्रले हाम्रो मनमा भक्ति, करुणा र सकारात्मक ऊर्जा जागत गराओस महादेव खोलाको निर्मल जलझैं हाम्रो समाज पनि स्वच्छ, पवित्र र सद्भावपूर्ण बनोस भन्ने कामना व्यक्त गर्नुभयो । अनन्तलिङगेश्वर क्षेत्र धार्मिक पर्यटनको महत्वपर्ण गन्तव्यका रूपमा विकसित भएको बताउदै यहॉको ऐतिहासिक, धार्मिक तथा प्राकतिक सम्पदाको संरक्षण गर्दै भावी पुस्ताले समेत यस गौरवपूर्ण परम्परालाई निरन्तरता दिन आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष लछुराम नेउपानेले यस क्षेलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न नगरपालिका र वडाको सहयोग रहने बताउनुभयो । गुरु अरबिन्द शास्त्री, पुजारीलगायत बिभिन्न व्यक्तिहरुको सहभागिता रहेको आरतीलाई निरन्तरता दिदै लैजाने प्रतिवद्धता व्यक्त भएको छ ।
यहाँका भक्तजनहरूलाई आध्यात्मिक वातावरणमा जोड्दै धार्मिक तथा आध्यात्मिक वातावरणको अनुभूति गराउदै अनन्त कुण्डको प्रचार गर्दै यहाँको धार्मिक महत्व बढाउन गंगा आरती सार्थक हुने उहाँले बताउनुभयो । दिव्य गंगा आरतीलाई नियमित रूपमा सञ्चालन गर्दै धार्मिक पर्यटन प्रवद्र्धन, स्थानीय सम्पदाको संरक्षण तथा भक्तजनबीच आध्यात्मिक चेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।







प्रतिक्रिया