२०८३, २४ श्रावण सोमबार

चीनमा डल्फिन आँधीको ताण्डव, १३ लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए

चीनमा डल्फिन आँधीको ताण्डव, १३ लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए


काठमाडौं । चीनको पूर्वी तटीय क्षेत्रमा शक्तिशाली टाइफुन ‘डल्फिन’ प्रवेश गरेपछि १३ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। झेजियाङ प्रान्तको युहुआनमा करिब १५० किलोमिटर प्रतिघण्टाको वेगसहित जमिनमा प्रवेश गरेको आँधी त्यसको केही समयपछि वेनझाउ पुगेको चिनियाँ मौसम विभागले जनाएको छ।

आँधीका कारण जनजीवन र यातायात अस्तव्यस्त बनेको छ। सांघाईमा मात्रै करिब १ हजार ४ सय उडान रद्द गरिएका छन्। पर्यटकीय क्षेत्र, डिज्नील्यान्डका केही भाग र लेगोल्यान्डसमेत बन्द गरिएको छ। वेनझाउबाट करिब ९ लाख र ताइझाउबाट ३ लाख ९० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। एक हजारभन्दा बढी आपत्कालीन आश्रयस्थल सञ्चालनमा ल्याइएको अधिकारीहरूले बताएका छन्।

आँधी भित्री भू–भागतर्फ अघि बढेसँगै बाढी, पहिरो र भारी वर्षाको जोखिम बढेको छ। झेजियाङका केही क्षेत्रमा आगामी दिनमा २५० देखि ५०० मिलिमिटरसम्म वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

यसैबीच, वेनलिङका ९ वर्षीय बालक आँधीका कारण समुद्रमा बगेपछि बेपत्ता भएका छन्। हालसम्म ठूलो मानवीय क्षतिको आधिकारिक पुष्टि भएको छैन। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार ‘डल्फिन’ करिब ६ हजार किलोमिटर यात्रा गरेर चीन पुगेको हो। आँधीबारे भ्रामक तथा एआईबाट सिर्जित सामग्री फैलाएको आरोपमा दुई जना पक्राउसमेत परेका छन्।

प्रकाशित मिति : २०८३, २४ श्रावण सोमबार  १० : ४६ बजे

रसुवामा सेनाको गणमै विष्फोट : म्याद सकिएको विष्फोटक डिस्पोज गर्ने क्रममा ५ जना घाइते

काठमाडौं । रसुवामा म्याद सकिएको विष्फोटक पदार्थ व्यवस्थापन गर्ने क्रममा

‘सिंहदरबार’को नाम फेर्ने बहसमा शंकर पोखरेलको व्यङ्ग्य- ‘नाम होइन, शासन शैली बदलौँ’

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो समय

उठ्नेछ फेरि एमाले !

इतिहास कहिल्यै सत्ताको कुर्सीबाट लेखिँदैन । इतिहास संघर्षबाट लेखिन्छ ।

चीनमा डल्फिन आँधीको ताण्डव, १३ लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए

काठमाडौं । चीनको पूर्वी तटीय क्षेत्रमा शक्तिशाली टाइफुन ‘डल्फिन’ प्रवेश

हेटौँडा कपडा उद्योग : पुनसञ्चालन कि फेरि ‘राजनीतिक स्टन्ट’ ? पोखरेलले उठाए गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले हेटौँडा कपडा