२०८३, १९ आश्विन मंगलबार

चार महिनापछि बालेनको कूटनीतिक ‘युटर्न’ : भारत–चीनका राजदूतसँग वान टु वान

चार महिनापछि बालेनको कूटनीतिक ‘युटर्न’ : भारत–चीनका राजदूतसँग वान टु वान


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले चार महिनापछि पहिलोपटक विदेशी राजदूतसँग ‘वान टु वान’ वार्ता गर्दैछन्।

शाहले आज नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत चाङ माओमिङसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री बनेपछि उनले विदेशी राजदूतसँग व्यक्तिगत भेट नगर्ने अडान लिँदै सामूहिक भेटलाई प्राथमिकता दिएका थिए। तर, अहिले भारत र चीनका राजदूतसँगै व्यक्तिगत संवादमा बस्न लागेका हुन्।

छिमेकी दुई मुलुकका राजदूतसँग एकै दिन हुने भेटलाई प्रधानमन्त्री शाहको बदलिँदो कूटनीतिक शैलीका रूपमा हेरिएको छ। नेपाल–भारत र नेपाल–चीन सम्बन्ध तथा आपसी चासोका विषयमा छलफल हुने बताइएको छ।

शाहले भोलि अमेरिकी राजदूतसँग पनि भेटवार्ता गर्ने तयारी छ।

प्रकाशित मिति : २०८३, २४ श्रावण सोमबार  ९ : ०७ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि