२०८३, २३ श्रावण आईतबार

‘समावेशी संविधान र अधिकारको रक्षा सबै समुदायको एकता चाहिन्छ’ : केपी ओली

‘समावेशी संविधान र अधिकारको रक्षा सबै समुदायको एकता चाहिन्छ’ : केपी ओली


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधतालाई राष्ट्रिय एकता र शक्तिका रूपमा सुदृढ गर्नुपर्ने बताएका छन्।

३२औँ विश्व आदिवासी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले आदिवासी जनजातिसहित सबै समुदायको समान अधिकार, पहिचान र सहभागिता सुनिश्चित गर्दै समावेशी लोकतान्त्रिक व्यवस्थालाई थप सुदृढ गर्नुपर्ने बताएका हुन्। ओलीले विश्व आदिवासी दिवस आदिवासी समुदायको हक, अधिकार, संस्कृति र विशिष्ट पहिचानलाई अन्तर्राष्ट्रिय रूपमा स्थापित गरिएको ऐतिहासिक दिन भएको उल्लेख गरेका छन्। नेपालको विविधता नै राष्ट्रिय सौन्दर्य भएको उल्लेख गर्दै उनले बहुसांस्कृतिक विशेषतालाई विभाजन वा भिन्नताको आधार नभई राष्ट्रिय एकता र शक्तिको स्रोत का रूपमा लिनुपर्ने बताएका छन्। “सदियौँदेखि कायम रहेको आपसी मेलमिलाप, भाइचारा र सहअस्तित्वको परम्परालाई हामीले अझ प्रगाढ बनाउनुपर्दछ,” ओलीले भनेका छन्।

उनले जल, जंगल, जमिन र प्रकृतिको संरक्षणमा आदिवासी समुदायले पुर्‍याउँदै आएको परम्परागत योगदानको प्रशंसा गर्दै मौलिक भाषा, भेषभूषा, रीतिरिवाज तथा लोकसंस्कृति नेपालका अमूल्य साझा सम्पत्ति भएको बताएका छन्। अध्यक्ष ओलीले सबै समुदायको समान अधिकार सुनिश्चित गर्दै राज्यका हरेक अंगमा समावेशी र सहभागितामूलक प्रतिनिधित्वको संवैधानिक व्यवस्था स्थापित गरिएको उल्लेख गरेका छन्।

उनले दशकौँ लामो संघर्ष र बलिदानबाट निर्माण भएको समावेशी प्रतिनिधित्व, न्याय र समानतामा आधारित संविधानको रक्षा र सुदृढीकरण गर्नु सबैको साझा दायित्व भएको बताएका छन्। ओलीले अहिले देशको समृद्धिको यात्रामा केही समय अल्झन आए पनि लामो समयसम्म यस्तो अवस्था कायम रहन नसक्ने दाबी गरेका छन्। नेपाललाई समृद्ध बनाएर मात्रै नेपाली जनताले सुख प्राप्त गर्ने बाटो खुल्ने उनको भनाइ छ। “राष्ट्रको यस गन्तव्यमा केही समय अल्झन आए पनि लामो समय यस्तो अवस्था रहन सक्दैन। त्यसका लागि हामी सबैको जागरूकता र साझा प्रयास आवश्यक छ,” ओलीले सन्देशमा भनेका छन्।उनले राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक संविधान र संविधानले सुनिश्चित गरेका अधिकारहरूको रक्षा गर्न सम्पूर्ण समुदायको एकता आवश्यक रहेको बताएका छन्। विश्व आदिवासी दिवसको अवसरमा ओलीले विविधतालाई राष्ट्रिय शक्तिका रूपमा अंगीकार गर्दै एकताबद्ध हुन सम्पूर्ण नेपालीमा आह्वान गरेका छन्।

उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आदिवासी जनजाति समुदायका दिदीबहिनी तथा दाजुभाइमा विश्व आदिवासी दिवसको शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८३, २३ श्रावण आईतबार  ८ : ५८ बजे

‘समावेशी संविधान र अधिकारको रक्षा सबै समुदायको एकता चाहिन्छ’ : केपी ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको

विश्व आदिवासी दिवस औपचारिक उत्सवमा सीमित नहोस् : महासचिव शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विश्व आदिवासी

‘उपलब्धि उल्ट्याउने प्रयास स्वीकार्य छैन’ : आङ्देम्बेको सरकारप्रति कडा चेतावनी

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकका

बाढी–पहिरोले राजमार्ग थला, दर्जनौँ सडकखण्डमा यातायात ठप्प

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र सडक कटानले