२०८३, १८ आश्विन सोमबार

एक सिलिन्डर ग्यास ७ हजारमा बेच्ने पक्राउ, भक्तपुरमा कालोबजारी

एक सिलिन्डर ग्यास ७ हजारमा बेच्ने पक्राउ, भक्तपुरमा कालोबजारी


भक्तपुर । उपभोक्ताको बाध्यताको फाइदा उठाउँदै खाना पकाउने एलपी ग्यास चर्को मूल्यमा बिक्री गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ परेका छन्।

चाँगुनारायण नगरपालिका–२, दुवाकोट बारुदखाना चोकमा भाडामा बस्दै आएका ५७ वर्षीय तुलसीराम त्वयनालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार त्वयनाले उपभोक्तालाई प्रतिसिलिन्डर ७ हजार रुपैयाँमा एलपी ग्यास बिक्री गरिरहेको सूचना पाएपछि अनुगमन गरिएको थियो। अनुगमनका क्रममा उनको साथबाट ३ थान ग्यास सिलिन्डर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

सामान्य अवस्थामा बिक्री हुने ग्यासमा कृत्रिम अभाव सिर्जना गरी मनपरी मूल्य असुल्ने गतिविधिलाई कालोबजारीका रूपमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका त्वयनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रकाशित मिति : २०८३, २२ श्रावण शनिबार  ५ : ३७ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय