२०८३, १९ आश्विन मंगलबार

आलोचनापछि गृहमन्त्री सुधन गुरुङ झुके, राष्ट्रिय सभामै मागे माफी

आलोचनापछि गृहमन्त्री सुधन गुरुङ झुके, राष्ट्रिय सभामै मागे माफी


काठमाडौ । राष्ट्रिय सभामा सांसदहरूसँग रुखो शैलीमा प्रस्तुत भएका गृहमन्त्री सुधन गुरुङ अन्ततः आलोचनापछि झुक्न बाध्य भएका छन्। आफ्नो अभिव्यक्ति अनुचित भएको स्वीकार गर्दै उनले संसद्को रोष्ट्रमबाटै औपचारिक रूपमा माफी मागेका छन्।

विपद् व्यवस्थापनसम्बन्धी छलफलका क्रममा सांसदहरूले निर्मला पन्त हत्याकाण्डको विषय उठाएपछि गृहमन्त्री गुरुङ आक्रोशित बनेका थिए। उनले आफूलाई उक्त विषयमा प्रश्न नगर्न चेतावनीपूर्ण शैलीमा जवाफ दिएका थिए। उनको अभिव्यक्तिप्रति सदनभित्र र बाहिर तीव्र आलोचना भएपछि उनले सोही बैठकमा क्षमा याचना गरेका हुन्।

सांसदहरूलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले भने, “हजुरहरूबाट हामीले धेरै सिक्न बाँकी छ। सिक्दै जानेछौँ। मेरो तर्फबाट अलिकति ठाडो तरिकाबाट भयो जस्तो लाग्यो। यसका लागि म क्षमाप्रार्थी पनि छु, हजुरहरूलाई माफी पनि माग्न चाहन्छु।”

यसअघि उनले विपद् व्यवस्थापनको छलफलमा निर्मला पन्त हत्याकाण्ड जोडिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै भनेका थिए, “विपद् व्यवस्थापन विषयमा छलफल भइरहेको थियो, तर विषयकेन्द्रित नभई निर्मला पन्त हत्याकाण्ड जोडियो। यसको सम्बन्ध के हो? विषयकेन्द्रित हुनुपर्छ।”

गृहमन्त्रीको प्रारम्भिक अभिव्यक्तिलाई संसद्को मर्यादाविपरीत र असंसदीय शैलीको रूपमा आलोचना गरिएपछि उनले आफ्नो भनाइ सच्याउँदै सार्वजनिक रूपमा माफी मागेका हुन्।

प्रकाशित मिति : २०८३, २० श्रावण बिहीबार  ३ : ३८ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि