२०८३, २० श्रावण बिहीबार

पूर्वप्रधानमन्त्री शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किने

पूर्वप्रधानमन्त्री शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किने


काठमाडौँ । शेख हसिना ले आगामी डिसेम्बरमा बंगलादेश फर्किने घोषणा गरेकी छन्। भारतमा रहँदै बुधबार साँझ अडिओमार्फत आयोजित पत्रकार सम्मेलनमा उनले स्वदेश फर्कने निर्णय सार्वजनिक गरेकी हुन्।

हसिनाले यसअघि पनि अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको अन्तर्वार्तामा डिसेम्बरमा स्वदेश फर्कने योजना रहेको बताएकी थिइन्। यसपटक भने उनले प्रत्यक्ष रूपमा आफू नागरिकहरूमाझ फर्किने घोषणा गरेकी हुन्। उनले भनिन्, “म मेरा नागरिकहरूकहाँ फर्कन्छु। पहिले पनि धेरै पटक गिरफ्तार भएकी छु। त्यसबेला पनि देश फर्किएकी थिएँ। लोकतन्त्र र धर्मनिरपेक्ष व्यवस्थाप्रति मेरो विश्वास अटल छ।”

यद्यपि, उनले स्वदेश फर्किने ठ्याक्कै मिति र समय भने पछि सार्वजनिक गर्ने बताएकी छन्। बंगलादेशमा करिब १५ वर्षसम्म शासन गरेकी हसिना सन् २०२४ को जुलाई–अगस्टमा भएको विद्यार्थी नेतृत्वको आन्दोलनपछि देश छोडेर भारत पुगेकी थिइन्। आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि हिंसात्मक दमन गरेको आरोपमा उनीविरुद्ध मानवताविरुद्धको अपराध सम्बन्धी मुद्दा दर्ता भएको थियो। सोही मुद्दामा गत नोभेम्बरमा विशेष न्यायाधिकरणले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो।

बंगलादेश सरकारले हसिनालाई स्वदेश फिर्ता पठाउन भारतसँग पटक–पटक आग्रह गरे पनि भारतले त्यसमा सहमति जनाएको थिएन। अब भने हसिनाले स्वयं डिसेम्बरमा बंगलादेश फर्किने घोषणा गरेसँगै त्यहाँको राजनीतिक परिस्थितिले नयाँ मोड लिन सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : २०८३, २० श्रावण बिहीबार  ८ : ४२ बजे

आज बस्दै राष्ट्रियसभा बैठक, गृहमन्त्रीको जवाफदेखि सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक पेस हुने

काठमाडौं। सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १:१५ बजे सिंहदरबारस्थित

आज कहाँ–कहाँ पर्छ भारी वर्षा? यी प्रदेशमा उच्च सतर्कता अपनाउन मौसम विभागको आग्रह

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेसँगै आज पनि विभिन्न

विदेश अध्ययन गर्नेलाई नबिल बैंकको विशेष उपहार, पुतलीसडकमा खुल्यो ‘एजुकेसन हब’

काठमाडौं । नबिल बैंक ले विदेशमा उच्च शिक्षा अध्ययन गर्न

पूर्वप्रधानमन्त्री शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किने

काठमाडौँ । शेख हसिना ले आगामी डिसेम्बरमा बंगलादेश फर्किने घोषणा

बिपी क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनको तयारी, चीनको ८४ करोड सहयोग

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल मा अत्याधुनिक बोनम्यारो