२०८३, १८ श्रावण मंगलबार

एमाले नेता थपलिया अस्वस्थ, वीर अस्पतालमा उपचार जारी

एमाले नेता थपलिया अस्वस्थ, वीर अस्पतालमा उपचार जारी


काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया स्वास्थ्यमा समस्या आएपछि वीर अस्पतालमा उपचाररत छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको छलफलका क्रममा अचानक अस्वस्थ भएका थपलियालाई सुरुमा भक्तपुरको ठिमीस्थित अस्पताल लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि आरामका लागि फर्किएका उनलाई स्वास्थ्यमा थप समस्या देखिएपछि वीर अस्पताल पुर्‍याइएको हो।

थपलियाका छोरा सुरज थपलियाका अनुसार बुबाको उच्च रक्तचाप र मधुमेहको मात्रा बढेको पाइएपछि चिकित्सकको निगरानीमा उपचार भइरहेको छ।

यसअघि बागमती प्रदेश सरकार गठन र राजनीतिक अवस्थाबारे भएको छलफलमा सहभागी हुने क्रममा थपलिया अस्वस्थ भएको बताइएको छ। घटनाबारे एमाले नेताहरूले फरक–फरक धारणा सार्वजनिक गरेका छन्।

एमाले सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतले भने सामाजिक सञ्जालमार्फत थपलिया छलफलमा आफ्नो धारणा राख्ने क्रममा भावुक भएर केही समय गला अवरुद्ध भएको विषयलाई केही सञ्चारमाध्यमले गलत ढंगले प्रस्तुत गरेको दाबी गरेका छन्।

तर छलफलमा सहभागी केही प्रदेश सांसदका अनुसार थपलिया आफ्नो धारणा राखेर बाहिरिने क्रममा अचानक बेहोस भएका थिए। त्यसपछि उनलाई तत्काल प्राथमिक सहायता दिँदै अस्पताल लगिएको बताइएको छ।

थपलियालाई ओली सचिवालयकी निरु पाल र बागमती प्रदेशका पूर्वसांसद दावा दोर्जे लामाले तत्काल सहयोग गरेको बताइएको छ। सांसद केशव पोखरेलको सवारी साधनमार्फत उनलाई अस्पताल पुर्‍याइएको थियो।

हाल उनको स्वास्थ्य अवस्था चिकित्सकको निगरानीमा रहेको र थप विवरण उपचारपछि आउने बताइएको छ।

प्रकाशित मिति : २०८३, १८ श्रावण मंगलबार  ४ : २४ बजे

सेनासँग समन्वयमै बागमती करिडोर विस्तार भएको रास्वपा सांसद पाण्डेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले

प्रदेश सरकार गठनको बहसबीच युवा संघका नेता लामाको सन्देश : “सरकारभन्दा पार्टी र संगठन बलियो हुनुपर्छ”

काठमाडौं । प्रदेश सरकार गठनलाई लिएर राजनीतिक वृत्तमा बहस चलिरहेका

थपलिया बेहोस नभई भावुक हुँदा गला अवरुद्ध भएको हो : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश

एमाले नेता थपलिया अस्वस्थ, वीर अस्पतालमा उपचार जारी

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

मधेशको पछिल्लो सुरक्षा अवस्थाबारे प्रधानमन्त्री-गृहमन्त्री छलफल, भविष्यको रणनीतिमा जोड

काठमाडौं । तराई–मधेशमा हालै देखिएको सुरक्षा चुनौतीबारे प्रधानमन्त्री बालेन शाह