२०८३, १७ श्रावण सोमबार

नेवाः देय दबू कमलामाईको अध्यक्षमा मिनबहादुर

नेवाः देय दबू कमलामाईको अध्यक्षमा मिनबहादुर


सिन्धुली । नेवाः देय दबू कमलामाई नगर समिति, सिन्धुलीको दोस्रो नगर अधिवेशनले मिनबहादुर श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय नगर समिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा शर्मिला श्रेष्ठ, उपाध्यक्षद्वयमा तारादेवी श्रेष्ठ र शम्भुबहादुर श्रेष्ठ, सचिवद्वयमा रमेश कुमार श्रेष्ठ र नानिमैया श्रेष्ठ तथा कोषाध्यक्षमा ज्योति श्रेष्ठ निर्वाचित भएका छन् । अन्य सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन गरिएको आयोजकले जनाएको छ ।
नवनिर्वाचित अध्यक्ष मिनबहादुर श्रेष्ठले नेवार समुदायको भाषा, कला, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण तथा प्रवद्र्धनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले समुदायबीच आपसी एकता, सहकार्य र युवापुस्तालाई सांस्कृतिक गतिविधिसँग जोड्ने कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाइने बताए ।
अधिवेशनमा सहभागी वक्ताहरूले नेवार समुदायको साझा सम्पत्ति, सांस्कृतिक धरोहर र संस्थागत अधिकारको संरक्षणका लागि सबै पक्षबीच आपसी संवाद र सहकार्य आवश्यक रहेको धारणा राखेको रेजिना श्रेष्ठले जानकारी दिइन् ।
नवनिर्वाचित समितिले आगामी कार्यकालमा भाषा तथा संस्कृति संरक्षण, युवापुस्तालाई नेवारी संस्कृतिप्रति आकर्षित गर्ने बताएको छ । नेवाः देय दबू नेवार समुदायको भाषा, संस्कृति, परम्परा तथा सामाजिक एकताको संरक्षण र प्रवद्र्धनका लागि क्रियाशील संस्थाका रूपमा परिचित छ ।

प्रकाशित मिति : २०८३, १७ श्रावण सोमबार  १ : ५३ बजे

नेवाः देय दबू कमलामाईको अध्यक्षमा मिनबहादुर

सिन्धुली । नेवाः देय दबू कमलामाई नगर समिति, सिन्धुलीको दोस्रो

सुनकोशीमा खसेको कारमा चार जना सवार, उद्धारमा नदीको भेल बाधक

काठमाडौं । रामेछाप, सिन्धुली र ओखलढुङ्गाको सिमाना नजिक लिखु खोलाको

प्रतिनिधिसभाका पाँच समितिको बैठक आज, राष्ट्र बैंक ऐनदेखि विशेष सेवा ऐनसम्म छलफल हुने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतका पाँच वटा संसदीय समितिको बैठक

तराईका हिंसात्मक घटना तथा सरकार–रास्वपाको भूमिकाप्रति एमाले महासचिव शंकर पोखरेलको प्रश्न

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले तराईका विभिन्न

भक्तपुर जिल्ला केम्पो खुकुरी संघको नयाँ नेतृत्व चयन, दमुना बुढाथोकी अध्यक्षमा निर्वाचित

भक्तपुर । भक्तपुर जिल्ला केम्पो खुकुरी संघको अधिवेशन सम्पन्न भएको