२०८३, १७ श्रावण सोमबार

भक्तपुर जिल्ला केम्पो खुकुरी संघको नयाँ नेतृत्व चयन, दमुना बुढाथोकी अध्यक्षमा निर्वाचित

भक्तपुर जिल्ला केम्पो खुकुरी संघको नयाँ नेतृत्व चयन, दमुना बुढाथोकी अध्यक्षमा निर्वाचित


भक्तपुर । भक्तपुर जिल्ला केम्पो खुकुरी संघको अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले दमुना बुढाथोकीलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गर्दै नयाँ कार्यसमिति चयन गरेको हो।

अधिवेशनपछि नेपाल केम्पो खुकुरी फेडेरेशनले नवनिर्वाचित कार्यसमितिलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ। कार्यक्रममा फेडेरेशनका केन्द्रीय अध्यक्ष पाभेल कुमार शाह, उपाध्यक्ष इन्द्रभक्त चित्रकार, महासचिव शर्मिला कार्की, केन्द्रीय पदाधिकारी, प्रशिक्षक, अभिभावक तथा खेलाडीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष पाभेल कुमार शाहले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै भक्तपुरमा केम्पो खेलको विकास, विस्तार र गुणस्तरीय प्रशिक्षणलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो। उहाँले सन् २०२६ मा टर्कीमा सम्पन्न विश्व केम्पो च्याम्पियनसिपमा नेपाली खेलाडीहरूले स्वर्णसहित विभिन्न पदक जितेर देशको प्रतिष्ठा उकासेको उल्लेख गर्दै भक्तपुरबाट पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडी उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो।

उहाँले केम्पो खेलको संस्थागत विकास, दक्ष प्रशिक्षक उत्पादन, अनुशासित खेल संस्कृतिको प्रवर्द्धन तथा युवालाई खेलमार्फत राष्ट्र निर्माणमा जोड्न जिल्ला कार्यसमितिको भूमिका महत्वपूर्ण रहने बताउनुभयो।

नवनिर्वाचित अध्यक्ष दमुना बुढाथोकीले आफूलाई दिएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै केन्द्रसँग समन्वय गरेर भक्तपुरमा केम्पो खेलको विस्तार, नियमित प्रशिक्षण, नयाँ खेलाडी उत्पादन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रभावकारी सहभागिता सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउनुभयो।

कार्यक्रमको अन्त्यमा नेपाल केम्पो खुकुरी फेडेरेशनले नवनिर्वाचित अध्यक्षसहित सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको थियो।

प्रकाशित मिति : २०८३, १७ श्रावण सोमबार  ९ : २४ बजे

प्रतिनिधिसभाका पाँच समितिको बैठक आज, राष्ट्र बैंक ऐनदेखि विशेष सेवा ऐनसम्म छलफल हुने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतका पाँच वटा संसदीय समितिको बैठक

तराईका हिंसात्मक घटना तथा सरकार–रास्वपाको भूमिकाप्रति एमाले महासचिव शंकर पोखरेलको प्रश्न

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले तराईका विभिन्न

भक्तपुर जिल्ला केम्पो खुकुरी संघको नयाँ नेतृत्व चयन, दमुना बुढाथोकी अध्यक्षमा निर्वाचित

भक्तपुर । भक्तपुर जिल्ला केम्पो खुकुरी संघको अधिवेशन सम्पन्न भएको

कांग्रेस संसदीय दलको बैठक आज, संसद्को रणनीति तय गर्ने

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो ३:३० बजे

दुर्गा प्रसाईं पक्राउ, आन्दोलन घोषणा गरेको केही घण्टामै प्रहरीको नियन्त्रणमा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई