काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सर्वदलीय बैठक सम्पन्न भएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न शीतल निवास पुगेका छन्।
बुधबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा लामिछानेले मुलुकको समसामयिक राजनीतिक अवस्था, सुनसरी घटनापछि विकसित परिस्थिति तथा त्यस विषयमा आफूले आह्वान गरेको सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई जानकारी गराएको राष्ट्रपति कार्यालयले जनाएको छ।
सुनसरी घटनापछि बढ्दो राजनीतिक तथा सामाजिक संवेदनशीलतालाई मध्यनजर गर्दै रास्वपाले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको सहभागितामा सर्वदलीय बैठक आयोजना गरेको थियो। बैठकमा शान्ति–सुरक्षा, सामाजिक सद्भाव र राजनीतिक सहकार्यका विषयमा छलफल भएको बताइएको छ।
सर्वदलीय छलफलपछि सभापति लामिछानेले राष्ट्रपतिसँग भेट गरी विकसित घटनाक्रमबारे जानकारी गराउनु वर्तमान राजनीतिक परिस्थितिमा अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि, भेटमा राष्ट्रपति पौडेलले के धारणा राख्नुभयो भन्ने विषयमा सचिवालयले थप विवरण सार्वजनिक गरेको छैन।







प्रतिक्रिया