२०८३, ४ श्रावण मंगलबार

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी


काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक लेखा परीक्षक लालबहादुर खातीले प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा साइपालखबर डटकमका प्रकाशक, सम्पादक एवं श्रमजीवी पत्रकार भुवनबहादुर सिंहलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत चरित्रहत्या, मानमर्दन र भ्रम फैलाउने अभिव्यक्ति सार्वजनिक गरेको भन्दै प्रेस चौतारी नेपालले कडा आपत्ति जनाएको छ।

प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले जारी गरेको प्रेस विज्ञप्तिमा समाचारप्रति असहमति भए कानुनी उपचारको बाटो रोज्नुपर्नेमा पत्रकारमाथि व्यक्तिगत आक्षेप लगाउने, चरित्रहत्या गर्ने र सामाजिक सञ्जालमार्फत दुष्प्रचार गर्ने कार्य प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भएको भनिएको छ।

सार्वजनिक पदमा रहेका व्यक्तिबाट पत्रकारलाई लक्षित गरी गरिने यस्ता गैरजिम्मेवार र आपत्तिजनक गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य नहुने प्रेस चौतारी नेपालले जनाएको छ।

पत्रकारको पेशागत मर्यादा, प्रतिष्ठा र प्रेस स्वतन्त्रतामाथि हुने कुनै पनि प्रकारका आक्रमण, धम्की, दुष्प्रचार र चरित्रहत्या सह्य नहुने भन्दै संगठनले सम्बन्धित व्यक्तिलाई यस्ता गतिविधि तत्काल रोक्न चेतावनी दिएको छ।

घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ।

आगामी दिनमा यस्ता गतिविधि दोहोरिएमा श्रमजीवी पत्रकारको हक, हित, अधिकार र प्रेस स्वतन्त्रताको रक्षाका लागि प्रेस चौतारी नेपाल आवश्यक कानुनी तथा संस्थागत कदम चाल्न बाध्य हुने भनिएको छ।

त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी सम्बन्धित व्यक्ति तथा निकायले नै वहन गर्नुपर्ने प्रेस चौतारी नेपालको चेतावनी दिएको छ।

प्रकाशित मिति : २०८३, ४ श्रावण मंगलबार  ५ : ०१ बजे

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक

नागरिक असन्तुष्ट भएपछि ३ प्रतिशत समता करबाट पछि हट्यो सरकार

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा

अस्पतालको शैयाबाट जीवन बचाई दिन आग्रह

काठमाडौं । ललितपुरको गोदाबरी नगरपालिका वडा नं. १२ ठेचो बस्ने