२०८३, ६ कार्तिक शुक्रबार

स्पेनको विश्व फुटबलमा दबदबा, पाँच वर्षमा १६ अन्तर्राष्ट्रिय उपाधि

स्पेनको विश्व फुटबलमा दबदबा, पाँच वर्षमा १६ अन्तर्राष्ट्रिय उपाधि


काठमाडौं । स्पेनले सन् २०२६ को फिफा विश्वकप जित्दै विश्व फुटबलमा आफ्नो वर्चस्व थप मजबुत बनाएको छ। न्यु जर्सीमा भएको फाइनलमा अतिरिक्त समयको १०६औँ मिनेटमा फेरान टोरेसले गरेको निर्णायक गोलको मद्दतमा स्पेनले अर्जेन्टिनालाई १–० ले हराउँदै दोस्रो पटक विश्वकपको उपाधि जितेको हो।

विश्वकपसँगै स्पेन पुरुष र महिला दुवै फुटबलमा एकै समयमा विश्व च्याम्पियन बन्ने पहिलो राष्ट्र बनेको छ। महिला टोलीले सन् २०२३ मै विश्वकप जितिसकेको थियो।

सन् २०२२ देखि २०२६ सम्म स्पेनले सिनियर र उमेर समूह गरी विश्व तथा युरोपियन प्रतियोगितामा १६ वटा अन्तर्राष्ट्रिय उपाधि जितेको छ। पुरुष टोलीले विश्वकप, युरो कप, नेसन्स लिग र ओलम्पिक स्वर्ण जित्दा महिला टोलीले विश्वकप, दुई नेसन्स लिग तथा विभिन्न उमेर समूहका विश्व र युरोपियन उपाधि आफ्नो नाममा पारेको छ।

प्रशिक्षक लुइस डे ला फुएन्टेको नेतृत्वमा स्पेनले लगातार सफलता हासिल गर्दै विश्व फुटबलको सबैभन्दा प्रभुत्वशाली टोलीका रूपमा आफूलाई स्थापित गरेको छ।

प्रकाशित मिति : २०८३, ३ श्रावण सोमबार  ११ : ४८ बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट