२०८३, २५ जेष्ठ मंगलबार

खोटाङमा तितेपातीबाट तेल उत्पादन सुरु

खोटाङमा तितेपातीबाट तेल उत्पादन सुरु


खोटाङ, ६ असोज : खोटाङको पाथेकामा तितेपातीबाट सुगन्धित तेल उत्पादन थालिएको छ ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१०, पाथेकाका स्थानीयले खेर गइरहेका तितेपातीलाई प्रशोधन गर्दै तेल उत्पादन थालेका हुन् । स्थानीय ९ उद्यमीले समृद्धिपथ एग्रो कम्पनी प्रालिमार्फत १५ लाखको लगानीमा तापखोलास्थित त्रिबेणी शनिबारेमा तेल प्रशोधन उद्योग स्थापना गरेका हुन् ।

उखेगबाट अहिलेसम्म २५ लिटर तेल उत्पादन भइसकेको लगानीकर्ता रहेका पाथेकाका वडाध्यक्ष मुगाधन राईले बताउनुभयो । काठमाडौंबाट कतिपयले प्रतिलिटर साँढे ८ हजारका दरले तितेपातीको तेलको माग आउन थालेको राईले जानकारी दिनुभयो । एक पटकमा ७ सय केजी तितेपातीबाट झण्डै एक लिटर तेल निकाल्न सकिन्छ । दिनमा दुई घान तितेपाती मात्र पकाउन सकिने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७५, ६ आश्विन शनिबार  ७ : ५० बजे

पेरु निर्वाचन: झिनो अग्रतामा सत्ता-समीकरण, देश फेरि वैचारिक विभाजनको मोडमा

लिमा । पेरुको राष्ट्रपति निर्वाचनको दोस्रो चरणमा वामपन्थी उम्मेदवार रोबर्टो

सम्पत्ति शुद्धीकरण मुद्दाः दीपक भट्ट र शुलभ अग्रवालमाथि थप तीन दिन हिरासत

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका दीपक भट्ट र

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ