२०८३, २९ भाद्र मंगलबार

मिटरब्याज पीडितले बनाए वार्ता टोली, सरकारसँग संवादका लागि पाँच सदस्यीय समिति

मिटरब्याज पीडितले बनाए वार्ता टोली, सरकारसँग संवादका लागि पाँच सदस्यीय समिति


जनकपुरधाम । मिटरब्याज विरुद्ध किसान–मजदुर आन्दोलन, नेपालले सरकारसँग वार्ता गर्न पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ। आन्दोलनकारीहरूले आफ्ना मागलाई वार्तामार्फत टुंगोमा पुर्‍याउने उद्देश्यले समिति गठन गरेका हुन्।

आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुश्वालाई वार्ता समितिको संयोजक तोकिएको छ। समितिमा केन्द्रीय महासचिव मनोजकुमार पासमान, केन्द्रीय प्रवक्ता रिजन राना मगर तथा केन्द्रीय हेडक्वाटर सदस्य लक्ष्मी घिमिरे र किरण परियार सदस्य रहेका छन्।

आन्दोलनका अनुसार संयुक्त जनअधिकार मोर्चाका केन्द्रीय अध्यक्ष निर्ग नवीनको उपस्थितिमा समिति गठन गरिएको हो। अब यही टोलीले सरकारसँग औपचारिक वार्ता गरी मिटरब्याज पीडितका समस्या, माग र समाधानका उपायबारे छलफल गर्नेछ।

सरकारले मिटरब्याज पीडितका माग सम्बोधनमा ढिलाइ गरेको आरोप लगाउँदै आन्दोलनकारीहरूले जनकपुरधामबाट काठमाडौंसम्म पैदल मार्च सुरु गरेका छन्। मार्च हाल बाराको निजगढ क्षेत्रमा रोकिएको छ।

उता गृहमन्त्री सुदन गुरुङले पीडितका माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताउँदै आन्दोलनकारीसँग निरन्तर संवाद गरिरहेका छन्। तर हालसम्म वार्ताले ठोस निष्कर्ष निकाल्न नसकेकाले आन्दोलन र वार्ता प्रक्रिया सँगसँगै अघि बढिरहेको छ।

प्रकाशित मिति : २०८३, ३१ असार बिहीबार  ३ : ३८ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक