२०८३, ३१ असार बिहीबार

केन्द्रमा समीकरण फेरिए पनि मधेश सरकार सुरक्षित, कांग्रेस नेतृत्वलाई तीन दलको साथ

केन्द्रमा समीकरण फेरिए पनि मधेश सरकार सुरक्षित, कांग्रेस नेतृत्वलाई तीन दलको साथ


जनकपुरधाम । केन्द्रमा कांग्रेस-एमाले सम्बन्धलाई लिएर राजनीतिक उतारचढाव भइरहेका बेला मधेश प्रदेशमा भने सत्ता गठबन्धन यथावत् रहने भएको छ। सत्ता साझेदार दलहरूले प्रदेश सरकार परिवर्तन नगर्ने र कांग्रेस नेतृत्वकै सरकारलाई निरन्तरता दिने सहमति गरेका छन्।

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई निरन्तरता दिने विषयमा कांग्रेस, नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) का प्रदेशस्तरीय नेताबीच छलफल भएको हो। छलफलपछि प्रदेशमा हालको गठबन्धनलाई निरन्तरता दिने निष्कर्ष निकालिएको नेताहरूले बताएका छन्।

एमाले संसदीय दलका नेता सरोजकुमार यादवले प्रदेशको राजनीतिक अवस्था स्थिर रहेको उल्लेख गर्दै केन्द्रको राजनीतिक समीकरणले तत्काल मधेश सरकारलाई असर नगर्ने बताए। उनका अनुसार गठबन्धनमा सहभागी तीन दलबीच सरकार सञ्चालनका विषयमा कुनै मतभेद छैन।

यसअघि अन्य प्रदेशमा कांग्रेस–एमाले सहकार्य टुट्ने चर्चा चुलिँदै जाँदा मधेश प्रदेश सरकार पनि परिवर्तन हुन सक्ने अनुमान गरिएको थियो। तर सत्ता साझेदार दलहरूले प्रदेशको परिस्थिति फरक रहेको भन्दै निर्वाचनसम्म सहकार्य कायम राख्ने समझदारी गरेका छन्।

यससँगै तत्कालका लागि मधेश प्रदेशमा सरकार परिवर्तनको सम्भावना टरेको छ भने मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारले निरन्तरता पाउने निश्चित भएको छ।

प्रकाशित मिति : २०८३, ३१ असार बिहीबार  २ : ३३ बजे

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित

मिटरब्याज पीडितले बनाए वार्ता टोली, सरकारसँग संवादका लागि पाँच सदस्यीय समिति

जनकपुरधाम । मिटरब्याज विरुद्ध किसान–मजदुर आन्दोलन, नेपालले सरकारसँग वार्ता गर्न

सिंहदरबारमा बालेन-लिङ्देन संवाद, समसामयिक राजनीतिदेखि राष्ट्रिय मुद्दासम्म छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी