२०८३, २९ भाद्र मंगलबार

पहिरो पन्छाउने काम जारी, वैकल्पिक मार्गबाट काठमाडौँतर्फ सवारी सञ्चालन

पहिरो पन्छाउने काम जारी, वैकल्पिक मार्गबाट काठमाडौँतर्फ सवारी सञ्चालन


काठमाडौं । अविरल वर्षापछि अवरुद्ध बनेका काठमाडौं प्रवेशका मुख्य सडक खुलाउने प्रयास तीव्र पारिएको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो हटाउने काम जारी रहँदा हेटौँडाबाट वैकल्पिक मार्ग हुँदै काठमाडौंतर्फ सवारीसाधन पठाउन सुरु गरिएको छ।

जलविरे क्षेत्र आसपास खसेको पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकमा सडक डिभिजन भरतपुरले डोजरमार्फत पहिरो र लेदो हटाउने काम गरिरहेको जनाएको छ। सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म यात्रुलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरिएको छ।

यता, हेटौँडा–भीमफेदी–सिस्नेरी–दक्षिणकाली मार्गबाट सोमबार बिहानदेखि काठमाडौंतर्फ सवारीसाधन सञ्चालन गर्न थालिएको छ। लगातारको वर्षापछि सुरक्षाको कारण देखाउँदै आइतबार उक्त मार्गमा पनि आवागमन रोकिएको थियो, जसका कारण हेटौँडामा ठूलो संख्यामा यात्रुवाहक तथा मालवाहक सवारी रोकिएका थिए।

प्रहरी प्रशासनले जोखिमको मूल्याङ्कनपछि सावधानी अपनाएर सवारी सञ्चालन सुरु गरेको जनाएको छ। यद्यपि, वर्षा निरन्तर रहेकाले सडकको अवस्था जुनसुकै बेला फेरिन सक्ने भएकाले अत्यावश्यक बाहेकको यात्रा नगर्न र यात्रा गर्नै परे सम्बन्धित निकायबाट सडकको जानकारी लिएर मात्रै अघि बढ्न आग्रह गरिएको छ।

प्रकाशित मिति : २०८३, २९ असार मंगलबार  ९ : ४३ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक