२०८३, २७ असार आईतबार

खरिपाटी होल्डिङ सेन्टरमा सञ्चारकर्मीलाई प्रवेश निषेध, ‘सीडीओ वा मन्त्रालयको अनुमति चाहिन्छ’

खरिपाटी होल्डिङ सेन्टरमा सञ्चारकर्मीलाई प्रवेश निषेध, ‘सीडीओ वा मन्त्रालयको अनुमति चाहिन्छ’


काठमाडौं । भक्तपुरको खरिपाटीस्थित सुकुमवासीहरूको होल्डिङ सेन्टरमा समाचार सङ्कलन गर्न पुगेका सञ्चारकर्मीलाई सुरक्षाकर्मीले प्रवेश गर्न नदिएको छ। माथिल्लो निकायको अनुमति अनिवार्य भएको भन्दै पत्रकारहरूलाई गेटबाटै फर्काइएको हो।

सुरक्षाकर्मीले गृह मन्त्रालय वा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को स्वीकृति बिना होल्डिङ सेन्टरभित्र प्रवेश गर्न नमिल्ने जानकारी दिएका थिए। त्यसपछि सञ्चारकर्मीले बाहिरबाटै फर्किनुपरेको थियो।

कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका सुकुमवासीलाई अस्थायी रूपमा खरिपाटी सारिएको छ। उनीहरूको बसोबास, राहत व्यवस्थापन र समग्र अवस्थाबारे जानकारी लिन सञ्चारकर्मी त्यहाँ पुगेका थिए।

यही दिन गृहमन्त्री सुधन गुरुङ नेतृत्वको सरकारी टोलीले भने होल्डिङ सेन्टरको निरीक्षण गरेको थियो। तर पत्रकारलाई प्रवेश नदिइएको घटनाले सरकारी आश्रयस्थलमा सूचना संकलनमाथि अनावश्यक प्रतिबन्ध लगाइएको हो कि भन्ने प्रश्न उठाएको छ।

घटनाबारे सम्बन्धित प्रशासन र गृह मन्त्रालयले हालसम्म कुनै औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।

प्रकाशित मिति : २०८३, २७ असार आईतबार  २ : २८ बजे

गणेश नेपाली आत्मदाह प्रकरण : १४ घण्टे वार्तामा पनि सहमति भएन, आज फेरि छलफल हुने

काठमाडौं । राइडर गणेश नेपालीको आत्मदाह प्रकरणलाई लिएर आन्दोलनरत पीडित

स्वर्गीय सनुमान लामा स्मृतिमा नवज्योति माविमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना

सिन्धुली: अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सामाजिक न्याय र समावेशी समाज

अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया, स्वास्थ्यमा सुधार

काठमाडौं । चर्चित अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको

अख्तियार हुँदाहुँदै किन बनाइयो अर्को आयोग? सर्वोच्चले उठायो ६ गम्भीर संवैधानिक प्रश्न

काठमाडौं । भ्रष्टाचार अनुसन्धानका लागि संवैधानिक रूपमा अख्तियार दुरुपयोग अनुसन्धान

खरिपाटी होल्डिङ सेन्टरमा सञ्चारकर्मीलाई प्रवेश निषेध, ‘सीडीओ वा मन्त्रालयको अनुमति चाहिन्छ’

काठमाडौं । भक्तपुरको खरिपाटीस्थित सुकुमवासीहरूको होल्डिङ सेन्टरमा समाचार सङ्कलन गर्न