२०८३, २७ भाद्र आईतबार

बझाङ जिप दुर्घटना : उद्धारका लागि हेलिकोप्टर तयारीमा, सांसद ऐन महरको पहल

बझाङ जिप दुर्घटना : उद्धारका लागि हेलिकोप्टर तयारीमा, सांसद ऐन महरको पहल


काठमाडौं । बझाङको केदारस्युँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा शनिबार दिउँसो बोलेरो जिप दुर्घटना भएको छ। दुर्घटनामा घाइते भएकाहरूको उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा राखिएको प्रतिनिधिसभा सदस्य ऐन महरले जानकारी दिएका छन्।

सांसद महरले दुर्घटनालगत्तै सम्बन्धित निकायसँग समन्वय गर्दै घाइतेहरूको शीघ्र उद्धारका लागि हेलिकोप्टर परिचालनको तयारी भइरहेको बताएका छन्। दुर्गम भौगोलिक अवस्थाका कारण स्थलगत उद्धारमा कठिनाइ भएकाले हवाई उद्धारको तयारी गरिएको उनले उल्लेख गरेका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ। घटनास्थल विकट क्षेत्रमा रहेकाले विस्तृत विवरण आउन केही समय लाग्ने उनले बताए।

प्रारम्भिक जानकारीअनुसार दुर्घटनाग्रस्त बोलेरो जिपमा १५ देखि १६ जना सवार रहेको अनुमान गरिएको छ। जिप सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ।

केदारस्युँ गाउँपालिकाका अध्यक्ष गणेशबहादुर बोहराले दुर्घटनामा मानवीय क्षति भएको आशंका गर्दै स्थानीयवासी घाइतेहरूको उद्धारमा जुटिरहेको जानकारी दिए। उनले पनि आवश्यक परे हवाई उद्धारका लागि समन्वय भइरहेको बताए।

दुर्घटनामा परेकाहरूको यकिन अवस्था, हताहतीको संख्या तथा दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३, २६ असार शनिबार  ५ : २९ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।